Butwal Today

गोकुल बास्कोटाको व्यङ्ग्य – बालेनको विरोध गर्नेहरू नै साँझ उनकै टोलीसँग भेट्न पुग्छन्

२८ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० को सार्वजनिक रूपमा विरोध गर्ने तर भित्रभित्रै उनकै टोलीसँग भेटघाट गर्ने राजनीतिक पात्रहरूमाथि व्यङ्ग्य गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै बास्कोटाले बिहानैदेखि बालेनलाई पदबाट हटाउने अभिव्यक्ति दिनेहरू नै साँझपख उनको सम्पर्कमा पुग्ने गरेको भन्दै दोहोरो चरित्रमाथि प्रश्न उठाएका हुन् ।

उनले बिहान गायत्री मन्त्र जप्नुअघि नै बालेनलाई ढाल्ने घोषणा गर्दै चर्को स्वरमा विरोध गर्नेहरू साँझको आरतीपछि ज्वागल पुग्ने गरेको सुनेर आफू आश्चर्यमा परेको उल्लेख गरेका छन् ।

बास्कोटाले लेखेका छन्, ‘बिहान गायत्री मन्त्र जप्नुअघि नै बालेन ढाल्ने नै हो भनेर घोक्रो सुकुन्जेल कराउनेहरू साँझको आरतीपछि ज्वागल पुग्ने रहेछन् ।’

सार्वजनिक रूपमा विरोध गर्ने र गोप्य रूपमा भेटघाट गर्ने प्रवृत्तिमाथि कटाक्ष गर्दै उनले त्यस्ता राजनीतिक पात्रहरू दोहोरो चरित्र भएका हुन् वा जासुस भन्दै व्यङ्ग्य गरेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘डबल स्ट्यान्डर्ड राजनीतिक पात्र हुन् कि जासुस रु सुनेर छक्क परियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?