Butwal Today

पर्वत जलजला समाज कतारको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा पुन: कार्की सर्वसम्मत 

२८ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

कतार । 

पर्वत जलजला समाज कतारको तेस्रो वार्षिकोत्सव तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पर्वत जिल्ला जलजला गाउँपालिका वडा न। ३ निवासी देवराज कार्कीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रवार कतारको प्लाजा मलस्थित मेषक्याफे रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनले कार्कीलाई पुनः नेतृत्वको जिम्मेवारी सुम्पिँदै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा सूर्य बहादुर खत्री, उपाध्यक्षद्वयमा अम्मर बहादुर जिसी र बेल बहादुर कार्की, महासचिवमा बाबुराम नेपाली, सचिवमा दिनेश मल्ल, कोषाध्यक्षमा क्षेत्र बहादुर जिसी र सह कोषाध्यक्षमा कर्ण बहादुर  परियार रहेका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरूमा लोक बहादुर खत्री, सदिप भण्डारी,फौद बहादुर कार्की, निलकन्ठ सुवेदी रबि मल्ल, दिल बहादुर खत्री, रित बहादुर नेपाली, बुद्धिमान नेपाली र  लाल बहादुर क्षेत्री रहेका छन् ।  निर्वाचन समितिका संयोजक रघुनाथ शर्माले नवनिर्वाचित पदाधिकारीहरू  लाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

समाजका अध्यक्ष देवराज कार्की, ग्लोबल पर्वत समाजका मध्यपूर्व संयोजक रघुनाथ शर्मा र नेपाली राजदूतावास कतारमा कार्यरत द्वितीय सचिव स्मारिका सुवेदीको उपस्थितिमा  केक काटेर औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।

अधिवेशनमा समाजका प्रथम उपाध्यक्ष सूर्यबहादुर खत्रीले आफ्नो भनाइ राखेका थिए भने रनिशा शर्माले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् । त्यसै गरी, संस्थाको दुई वर्षे कार्यकालमा सम्पन्न गतिविधि तथा उपलब्धि समेटिएको कार्य प्रगति प्रतिवेदन सचिव बाबुराम नेपालीले अधिवेशन समक्ष प्रस्तुत गरेका थिए ।

अधिवेशनमा कतारमा रहेका विभिन्न कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागी वक्ताहरूले जलजला समाज कतारले गृह जिल्लामा गर्दै आएका सामाजिक तथा रचनात्मक कार्यहरूको खुलेर प्रशंसा गर्दै समाजको योगदानको चर्चा गरेका थिए ।

अधिवेशनका अवसरमा द्वितीय सचिव स्मारिका सुवेदी, रघुनाथ शर्मा र कतार भ्रमणमा रहेका शर्माको परिवार,कलाकार, पत्रकार, समाजका सम्पूर्ण पदाधिकारी, सम्मान गरिएको थियो ।

नेपाली राजदूतावास कतारमा कार्यरत  द्वितीय सचिव स्मारिका सुवेदीले  विदेशमा रहेर पनि आपसी एकता, सहकार्य र समन्वयमार्फत सामाजिक सेवामा सक्रिय रहेको जलजला समाजको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै उनले वर्तमान कार्यसमितिको प्रगति र समर्पणको प्रशंसा गरिन् ।

रघुनाथ शर्माले पर्वत जलजला समाज कतार कुनै पनि संस्थाको प्रतिस्पर्धी वा समानान्तर संस्था नभएको स्पष्ट पार्दै  सबै सामाजिक संस्थासँग सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । संस्थालाई कसैको विरुद्धमा नभई सामाजिक सेवाको उद्देश्यले स्थापना गरिएको उल्लेख गर्दै उनले संस्थाहरूबिच मनमुटाब र असमझदारी सिर्जना हुने गतिविधि आफूहरूबाट कहिल्यै नहुने बताए ।

खुला सत्रको समापन गर्दै सभाध्यक्ष देवराज कार्कीले आफ्नो दुई वर्षे कार्यकाल सफल बनाउन साथ, सहयोग र सहकार्य गर्ने संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूप्रति आभार व्यक्त गरे । सामूहिक भावना, आपसी विश्वास र एकताबद्ध प्रयास नै संस्थाको वास्तविक शक्ति भएको बताउँदै उनले आफ्नो नेतृत्वलाई सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गरे । साथै, आगामी दिनमा पनि संस्थाको उद्देश्य र हितलाई केन्द्रमा राखेर नयाँ नेतृत्वलाई साथ दिन उनले आग्रह गरे । कार्यक्रमको सहजीकरण सचिव बाबुराम नेपालीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?