Butwal Today

पोखराले विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्ने

२६ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो सिजनअन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । लगातार दोस्रो डे गेममा पोखराले टस जित्दै ब्याटिङ रोजेको हो ।

आजको खेलका लागि विराटनगरले आफ्नो टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । आन्द्रे रसेल र शुभम रन्जानेको स्थानमा इसुरु उडाना र चरिथ असालंका तथा नारायण जोशीको स्थानमा प्रतिश जिसीले पहिलो रोजाइमा मौका पाएका छन् ।

यस्तै, पोखराले पनि टोलीमा दुई परिवर्तन गरेको छ। विवेक राना मगरको स्थानमा सागर ढकाल र महेदी हसनको स्थानमा रमेश मेन्डिसलाई प्लेइङ-११ मा समावेश गरिएको छ ।

आजको खेलसँगै विराटनगरका इसुरु उडाना र पोखराका रमेश मेन्डिसले एनपीएलमा डेब्यु गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?