Butwal Today

नेपाली काँग्रेस रुपन्देही २ (ख) को पदस्थापन कार्यक्रम सम्पन्न

२० कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

बुटवल ।

नेपाली काँग्रेस १५ औ। महाधिबेशन अन्तर्गत सम्पन्न रुपन्देही २ (ख) को अधिबेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पार्टीका नवनिर्वाचित सभापति रविन्द्रमान श्रेष्ठको सभापतित्व तथा केन्द्रिय सदस्य बालकुमारी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नवनिर्वाचित महाधिबेशन प्रतिनिधी र प्रदेश प्रतिनिधीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका बोल्दै केन्द्रिय सदस्य बालकुमारी भण्डारीले पार्टीलाई थप मजबुत बनाएर लैजाने जिम्मेबारी १५ औं महाधिबेशनबाट युवाहरुको हातमा पुगेको बताए। पार्टीमा ४० प्रतिशतभन्दा बढि युवा नेतृत्व आएको दावी गर्दै केन्द्रिय सदस्य भण्डारीले अग्रजहरुको योगदानको कदर गर्नुका साथै अनुभवलाई सम्मान र आत्मसात गर्दै अघि बढ्नुको बिकल्प नरहेको बताए ।

नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य रामबहादुर कार्कीले कसैलाई काखा र कसैलाई पाखा नगरि पार्टीलाई एकढिक्का बनाएर लैजान सकेमा पार्टी र लोकतन्त्र थप बलियो हुने उल्लेख गर्दै गाउँगाँउ, टोलटोल र शहरमा संगठन बिस्तारमा लाग्न सबैलाई आग्रह गरे ।

सो अवसरमा पार्टीका लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठले नेपाली काँग्रेस स्थापना कालदेखिनै आम जनताको पार्टी भएकोले जनताको बिश्वासलाई साथमा लिएर मात्रै अघि बढ्न कार्यकर्तालाई आग्रह गरे ।

सो अवसरमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना, महाधिबेशन प्रतिनिधी दिर्घकुमार केसी, रुपन्देही २ का क्षेत्रिय सभापति प्रजापाल गिरी, क्षेत्र २ (क) का सभापति जोवनसिंह ठकुरी, बुटवल उपमहानगर सभापति खेलराज पाण्डेय, निर्वाचन अधिकृत माधव लगाएतले नेपाली काँग्रेसले अवलम्बन गर्नुपर्ने अवको बाटो र पार्टीका नेता कार्यकर्ताले खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?