Butwal Today

कपिलवस्तुमा अवैध पटकामाथि प्रहरीको प्रहार

२० कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

चन्द्रौटा  ।

कपिलवस्तुमा ३ लाख ३६ हजार रुपैयाँ मूल्य बराबरका पटका नष्ट गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको पटका शुक्रवार नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अवैध रूपमा भित्र्याइएका तथा बिक्रीका लागि राखिएका पटका विभिन्न प्रहरी युनिटले नियन्त्रणमा लिएका थिए । प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टले पटका प्रयोगले आगलागी, दुर्घटना, जनधनको क्षति र वातावरण प्रदूषणको जोखिम बढाउने भन्दै यसको नियन्त्रणमा प्रहरी सक्रिय रहेको बताए ।

एसपी भट्टले चाडपर्व तथा विशेष अवसरमा पटका पड्काउँदा आगलागी, दुर्घटना, जनधनको क्षति र वातावरणीय प्रदूषणको जोखिम बढ्ने बताए । यस्ता जोखिम न्यूनीकरण गर्न अवैध पटका ओसारपसार, भण्डारण तथा बिक्री-वितरण नियन्त्रणमा प्रहरी सक्रिय रहेको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?