Butwal Today

पत्रकार बेल्वासे नगदसहित सम्मानित

२० कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

चन्द्रौटा ।

कपिलवस्तुका पत्रकार माधव बेल्वासे नगदसहित सम्मानित भएका छन् । वन विकासमा उल्लेखनीय योगदान पु¥याएको भन्दै रहतावल सामुदायिक वन उपभोक्ता समूहले उनलाई एक कार्यक्रममा १० हजार नगदसहित सम्मान पत्रले उनलाई सम्मान गरेको वनले जनाएको छ ।

शिवराज नगरपालिका–३ र ५ मा रहेको वन समूहले चौथो साधारण सभाका अवसरमा पत्रकार बेल्वासेसहित तीन जनालाई सम्मान गरेको छ । वन समूहका अध्यक्ष उत्तम चौधरीका अनुसार वनको काठ चोरी हुनबाट जोगाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै पत्रकार बेल्वासेलाई सम्मान गरिएको हो ।

त्यस्तै, वन संरक्षणमा योगदान पुर्‍याएको भन्दै डिभिजन वन कार्यालय गौतमबुद्ध, चन्द्रौटाका वन अधिकृत शिवनन्दन शाह र सब डिभिजन वन कार्यालय खरेन्द्रपुरकी रेन्जर नमिता श्रेष्ठलाई पनि बुधवार सम्मान पत्रसहित सम्मान गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।

पत्रकार बेल्वासे रेडियो शिवराजका स्टेसन म्यानेजर र नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका कार्यसमिति सदस्य समेत हुन । उनी विगत एक दशकदेखि मोफसल खबरलगायतका विभिन्न मिडियामा आबद्ध भई सामाजिक विकासमा उल्लेखनीय भूमिका खेल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?