Butwal Today

प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’

१९ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्तिसुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ लिएका छन ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक मनोज केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन ।
प्रधानमन्त्री शाहले देशको शान्ति सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई  प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
साथै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्तिसुरक्षाको व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन उनले सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?