© 2026
काठमान्डौँ ।
सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन् । उनी मंगलबारदेखि कात्तिक २० गतेसम्मका लागि बिदामा बसेको सर्वोच्च अदालतका प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिएका छन् ।
न्यायाधीश फुयालको नाम बिचौलिया इनाम सापकोटासँग जोडिएपछि उनी विवादमा तानिएका थिए । सर्वोच्च अदालतभित्रै यस विषयमा प्रश्न उठिरहेका बेला उनी बिदामा बसेका हुन् ।