Butwal Today

रौतहटमा स्रोत नखुलेको १० लाखसहित मोटरसाइकल नियन्त्रणमा

१६ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-
रौतहट ।
प्रहरीले स्रोत नखुलेको रु १० लाखसहित मोटरसाइकल चालक एक भारतीय नागरिकलाई आज नियन्त्रणमा लिएको छ ।
मोटरसाइकलको सिटभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा रौतहट बौधिमाई नगरपालिका–७ स्थित बङ्कुल–नरकटिया सडकखण्डमा प्रहरीले भारतीय नागरिक टुना दासलाई नियन्त्रणमा लिएको हो । स्थानीय बङ्कुल बजारस्थित प्रहरी कार्यालयका सहायक निरीक्षक रमेश यादवको नेतृत्वमा खटिएको टोलीले सुरक्षा जाँचका क्रममा सीमा नजिक रहेको भारतीय बजार घोडासानबाट नेपालतर्फ आउँदै गरेको दासको मोटरसाइकलको सुरक्षा जाँच गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
नियन्त्रणमा लिएको व्यक्ति, बरामद गरिएको रकम तथा सवारीसाधनका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?