ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

तिलोत्तमा रनिङ शिल्डमा १० स्वर्णसहित कुंवरवर्तीको अग्रता

२ फाल्गुन २०७९, मंगलवार
२ फाल्गुन २०७९, मंगलवार

तिलोत्तमा, २ फागुन ।

रुपन्देहीको तिलोत्तमामा जारी चौथो तिलोत्तमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कुंवरवर्ती बोर्डिङ स्कुल तिलोत्तमा–८ले पराकिलो अग्रगा कायम गरेको छ । कुल ३० स्वर्ण पदक मध्ये २० वटा इभेन्टका खेलहरु सकिंदा कुंवरवर्तीले १० स्वर्ण पदक जित्दै अग्रता हासिल गरेको हो । वडा नम्बर ४ स्थित जनज्योति क्लबको खेल मैदानमा भएको जारी प्रतियोगितामा पशुपति मावि कोटिहवाले २ तथा होराइजन जीबीएस,जनजागृति,शान्ति नमूना,टिकुलिगढ मावि,सेन्ट जोसेफ बोर्डिङ,न्यू इन्भाइरन्मेन्ट,पर्ल एकेडेमी र सिद्धार्थ बोर्डिङ स्कूलले एक–एक स्वर्ण पदक जितेका प्रतियोगिताको एथलेटिक्स संयोजक मित्रलाल न्यौपानेले जानकारी दिए ।

यस्तै छात्र छात्रा भलिबलतर्फ कुंवरवर्ती बोर्डिङ स्कूल फाइनलमा प्रवेश गरेको छ । उसले छात्रतर्फ जनज्योति मावि र छात्रातर्फ सेन्ट जोसेफसंग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भलिबल संयोजक मिलन रानाले जानकारी दिए ।

यस्तै कबड्डीतर्फ छात्राको फाइनलमा होराइजन जीबीएस र नवज्योति, छात्रतर्फ पहिलो सेमिफाइनलमा नवज्योति र पश्चिम पहुनी माविबीच हुने छ । दोस्रो सेमिफाइनल खेल सेन्ट जोसेफ र शान्ति नमूना माविबीच हुने कबड्डी संयोजक राजेन्द्र केसीले जानकारी दिए । नगरभित्रका सरकारी र निजी गरी ३७ विद्यालयका करिब ४ हजार विद्यार्थीले विभिन्न इभेन्टमा प्रतिष्पर्धा गरेका तिलोत्तमा नगरपालिकाका शिक्षा शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए । प्रतियोगिताको फागुन ३ गते बिहान ११ बजे समापन हुने भएकाले नगरभित्रका विद्यालयका शिक्षक र प्रतियोगितामा भाग लिएका विद्यार्थीहरुलाई उपस्थित हुन प्रतियोगिताको सचिवालय संयोजक दीपक खनालले आग्रह गरेका छन् ।

यसअघिका प्रतियोगितामा पहिलो संस्करण नवज्योति बोर्डिङ स्कुलले तथा दोस्रो र तेस्रो संस्करणको रनिङ शिल्ड कुंवरवर्ती बोर्डिङ स्कुल तिलोत्तमा ८ ले जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?