Butwal Today

यमनको तेल प्रशोदन केन्द्रमा साउदी आक्रमण सात जना घाइते : हुथी

१६ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

साना ।

साउदी अरेबियाले रेड सी पोर्ट र होदेइदाह प्रान्तको तेल प्रशोदन केन्द्रमा आक्रमण गरी सात जनालाई घाइते बनाएको यमनका हुथीहरूले सोमबार बताएका छन् ।

हाल विश्वको सबैभन्दा गरिब देशहरु मध्यएकमा पर्ने यमनमा गृहयुद्धपछि यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धनसँग इरान समर्थित समूहले लडिरहेको छ ।

रस इसा बन्दरगाहमा साउदी गठबन्धनले गरेको आक्रमणमा चार जना सर्वसाधारण घाइते भएको उल्लेख गर्दे बाजिल जिल्लाको तेल प्रशोदन केन्द्रमा भएको आक्रमणमा थप तीन जना घाइते भएको हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलसबाहीले सामाजिक सञ्जाल एक्सको पोष्टमा बताउनुभएको छ ।

तेल प्रशोदन केन्द्रहरू र महत्वपूर्ण बन्दरगाहहरूमा बारम्बार आक्रमणहरू अन्तर्राष्ट्रिय मानवीय कानूनको स्पष्ट उल्लङ्घन भएको उल्लेख गर्दे यमनमा नागरिक र महत्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गर्ने युद्ध अपराधहरूको शृङ्खलामा थप जोड दिएको उनले बताए ।

हुथीहरूको अल–मसीरा टिभी च्यानलले यसअघि साउदी अरेबियाले रास इसा बन्दरगाहमा एउटा घाट र व्यापारिक जहाजमा आक्रमण गरेको बताएको थियो ।

होदेइदाहमा हुथीहरूको नियन्त्रणमा रहेको सबैभन्दा ठुलो बन्दरगाह हो भने यो उनीहरूको कब्जामा रहेका क्षेत्रहरूमा खाना र सहायताको लागि प्रमुख प्रवेश बिन्दु भएको जनाइएको छ । सहरको उत्तरमा रहेको रास इसा बन्दरगाहले तेल आयात र भण्डारण गर्ने काम पनि गर्छ ।

हुथी मिडियाले पनि सोही प्रान्तको होदेइदाह विश्वविद्यालयको मेडिसिन संकायलाई लक्षित गरी आइतवार आक्रमण भएको रिपोर्ट गरेको छ ।

साउदी नेतृत्वको गठबन्धनले हुथीहरूले प्रयोग गर्ने महत्वपूर्ण स्रोतहरूलाई असफल बनाउन एक सटीक अपरेसन गरेको बताएको छ ।

यमनको हवाई क्षेत्रमा साउदी नियन्त्रणको अवहेलना गर्दै हुथीहरूले इरानी विमानलाई राजधानी सानामा अवतरण गर्न अनुमति दिएपछि जुलाईमा यमनको गृहयुद्धमा सन् २०२२ को नाजुक युद्धविराम विच्छेद भएको थियो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यमनमा युद्ध सुरु भएदेखि एक हजार ६०० भन्दा बढी मानिसहरु मारिएका छन् भने तीन लाख भन्दा बढी विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?