Butwal Today

जनतान्त्रिक शक्तिको आवश्यकता कति ?

१३ कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

सांसदहरूलाई राज्यको ढुकुटीबाट तलब खुवाउने गरी स्वकिय सचिव राख्न पाउने सुविधाको घोषणा गरेर यो सरकारले देश र जनतालाई ठूलो धोका दिएको छ ।

सुशीला कार्की सरकारले देशको लागि आर्थिक बोझ ठानेर अनि अनावश्यक सम्झेर खारेज गरिसकेको अनिष्टकारी प्रावधानलाई बालेन सरकारले मसानघाटबाट बिउँताएर संसद भवनभित्र हुल्नुलाई जनताले अत्यन्तै खेदजनक मानेका छन् ।

यसको बिरुद्ध अदालतमा मुद्दा हालिएको छ । अदालतको फैसला कस्तो आउँछ त हेर्न बाँकी छ तर यस कदमको निन्दा भने चारैतिरबाट भैरहेको हुँदा यसले बर्तमान बालेन सरकारको लोकप्रियता माथि प्रश्नचिन्ह खडा गरिदिएको छ । तसर्थ सरकारले आफुनो निर्णयमा पुनर्बिचार गर्नुपर्दछ ।

देश आर्थिक मन्दी र महँगीले तहसनहस हुन लागेको स्थिति छ । प्रत्येक क्षेत्रमा औसत नेपालीले आफूलाई दयनिय अवस्थामा पाइरहेको छ । यसलाई सत्तामा रहेका र सत्तावाहिर रहेका कसैले पनि मनन गरेनन । सबै स्वार्थी भए । गर्दा गर्दा शिर बढाएर कुर्सीका लागि प्रदेश सरकारमा सहकार्य गर्न प्रचण्ड र के.पी बा पनि सहमत भएर हस्ताक्षर गरी अहिले प्रदेश सरकारमा दुई दलले भागबण्डा गरेका छन् ।

यसअघि एकपटक दुबैजना मिलेर पार्टीसमेत एउटै बनाई चुनावमा जाँदा ने.क.पा.को नाममा दुई तिहाइ मत दिइ सरकार बनाउने अवसर दिएको बेलामा उनीहरूले चाहेको भए त्यही सरकारलाई शान्तिपूर्ण कदमबाट नै नयाँ जनबादी सरकारको रूप दिएर जनताको हितमा धेरै कााम गर्न सक्ने मौका थियो । देशमा औद्योगीकरणको ढोका खोलेर समाजबादको स्थापनाका निम्ति काम गर्न सक्ने बलियो आधार थियो ।

लाखौलाख जनताले आफ्नो अमूल्य मत दिएर समर्थन जनाएको त्यस्तो सरकारलाई अमेरिका, युरोपेली युनियन, भारतजस्ता पुंजीबादी, साम्राज्यबादी, विस्तारबादी शक्तिहरूसित सरकार टिकाउनका लागि उनीहरूका दवावलाई शिरोधार्य मानेर जनविरोधी काम गर्नुपर्ने बाध्यता आउने थिएन ।

तर के.पी प्रचण्ड लगायतका स्वनमधारी नेताहरूले आफ्नो हातमा आएको फल आफैले अर्कालाई दिएका हुन् । पश्चिमा पुँजीबादी र सााम्राज्यबादीहरूले तोकेका जनहितबिरोधी राजनीतिक आर्थिक कार्यक्रम ल्याएर जनताका तत्कालिन, दीर्घकालीन समस्या समाधान गर्न नसकिने कुरै थिएन । “इ बरै ! हामीले पछुतो मानेर के गर्नु उनीहरूले जनताका प्रति, देशका प्रतिगर्न नहुने काम गरेका हुन । कम्युनिष्ट पार्टीकोनीति भनेको सामन्ती तथा बिदेशी पुँजीको शोषणलाई समुल नष्ट गरेर समाजवादमा जाने लक्ष्य राख्नु हो ।

जुनसुकै देशको कम्युनिष्ट पार्टीको मूल नीति हो । यसमा अलिकती पनि तलमाथी हुदैन । तर हाम्रो देशका कम्युनिष्ट नेताहरूले महाकाली सन्धी जस्तो असमान सन्धि गरेर राष्ट्रका लागि महान गद्दारी गरे । एमसिसी जस्तो राष्ट्रघाती सन्धि गरेर यिनको अनुहार सम्झने बित्तिकै थुक्न मन लाग्ने कुकर्म गरे ।

धमिजा काण्ड, लाउडा काण्ड, एनसेल कर छली काण्ड, गिरीबन्धु टि स्टेट, वालुवाटार जग्गा घोटाला, भुटानी शरणार्थी के के हो के के नामका औलामा गन्न नसकिने काण्ड दोहो¥याएर देशलाई जर्जर बनाए । अहिले आएर बालेनले पुराना थन्किएर बसेका लुकाएर दवाइएका फाईलहरू धमाधम खोल्न थालेपछि जेल जानुपर्ने डरले यिनीहरूको मुटुमा ढ्याङग्रो बजेको हो र “कम्युनिष्ट एकताका” कुरा आएका हुन । हिजो जसको नाम लिनुपरेमा आफ्नो मुख कुल्ला गर्छु भनि सार्वजनिक सभामा भाषण गर्थे, आज उसैलाई देवत्वकरण गरी प्रशंसाको पुल बाँधेको सुनिदै छ ।

हिजो केपी ओलीको एमाले र प्रचण्डको माओबादीको डबल नेकपाले संसदमा दुई तिहाई स्थान कब्जा गरेको त्यो सुनौलो अवसरलाई सही उपयोग गरेर संसदको पुरै बनावट कम्युष्टमय भएको त्यो सुनौलो अवसरलाई सही उपयोग गरेर किसान, मजदुर, राष्ट्रिय पुँजीपतीको हित हुने कार्यक्रम ल्याएको भए देशलाई जबरजस्त विकासको एक्सप्रेस रेलझै हुईक्याएर आजसम्म प्रगतिको उन्नत शिखरमा पु¥याउन सकिन्थ्यो भन्नेमा द्विविधा छैन ।

पश्चिमा साम्राज्यबादी डाँकाहरू र भारतीय बिस्तारबादी “चोर”हरूबाट यो देशको राष्ट्रिय अस्मितालाई लुटिनदेखि जोगाउन सकिन्थ्यो तर यिनी प्रचण्ड, के.पी र माधवले आफ्नो पद प्रतिष्ठा र पैसालाई केन्द्रमा राखेर व्यक्तिगत कुरालाई व्यक्तिगत मुद्दा बनाएर टोकाटोक गर्दा कम्युनिष्ट मतदाताहरूको स्थिती तीब्र गतिमा ह्रास हुदै गएर आज यो अवस्थामा आएको हो ।

यिनीहरू आ– आफ्ना जँुगाका लडाइले पार्टीलाई यो अवस्थामा पु¥याएको हो । यो देशलाई शोषण, दमन, उत्पीडन, माफियाकरण तथा भारतिय बिस्तारबादी रूपको एकाधिकार पुँजिवाद र पछिल्लो समयमा थप (तिबेतियन), ओरजिनल बुद्ध नामको विध्वसंकारी जत्थालाई तथा बंगलादेशी एवं रोहिँग्या, घुसपैठियाहरूको धर्म युद्ध खेल्ने मैदान बनाएर बर्बाद बनाएका छन ।

अहिले आएर हामी ठिक थियौ, यो वालेन सरकारले लोकतन्त्र मास्न थाल्यो, जनताका अधिकारहरू खोस्न थाल्यो, त्यसकारण यो सरकारकाबिरुद्ध निर्णायक आन्दोलन गर्नु भनेर जो चिच्याइरहेका छन, यदी यो चिच्याहटभित्रइमान्दारिता छ भने प्रचण्ड, के.पी र माधव नेपाल यो शर्तमा आउनुपर्छ राष्ट्रिय जनतान्त्रिक मोर्चाको गठन ।

लोकतन्त्रको नाममा अनेकानेक सत्ताधारी शाषकहरू यो वा त्यो चाहे जुन रूपका हुन,यिनीहरूले केवल जनबिरोधी षड्यन्त्रको आधारमा आफ्नो अस्तित्व जोगाउन चाहान्छ । ती जनविरोधी षड्यन्त्रको भण्डाफोर गर्दै जनता र किसान, मजदुर न्यून वैतनिक कर्मचारी, साना व्यापारी, पुँजिपती बर्ग, मध्यम वर्गलाई जागरुक बनाई संगठित गरेर अगाडी बढेमा यो काम संभव हुन्छ ।

कहिले राष्ट्रिय परिचयपत्र, कहिले राष्ट्रसंघीय शरणार्थी आयोगको खटनमा काठमाण्डौंमा ५० हजार तिब्बती शरणार्थीहरूलाई बसाल्ने योजना त्यसैमाथि रोहिँग्याहरूको ओइरो र युरोपका बिभिन्न देशबाट हुलका हुल शरणार्थीहरूको जो अनियन्त्रित भिड आज हाम्रो देशमा जसरी ओइरिएको छ र नेपाली नागरिकलाई दिने राष्ट्रिय परिचयपत्रको एउटै मान्यता हुने जो नेपाल र नेपालीका निम्ति अत्यन्तै घातक योजना छ ।

यसको समेत प्रतिकारमा सबै जनसमुदायलाई संगसंगै लिएर अगाडी बढ्ने हो भने नेपाली जनतालाई राम्रोसंग कुरा बुझाउने हो भने जनता यस्ता बेईमानीपूर्ण क्रियाकलापकाबिरुद्ध हरेक नेपाली एकठाउँमा उभिएर जुनसुकै जनबिरोधी एवं पड्यन्त्रकारी क्रियाकलापलाई पररास्त गर्नेछन् । तसर्थ केवल बालेनको कारवाहीबाट जोगिन र कुर्ची हत्याउन प्रचण्ड, के.पीको मात्र होइन सम्पूर्ण काम तथा जनतान्त्रिक शक्तिहरुसित मिलेर अघि बढ्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?