Butwal Today

एनपीएल : जनकपुरविरुद्ध काठमाण्डू ओपनिङमा स्मित पटेल र साम हेजलेट

१२ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणअन्तर्गत बिहीबार काठमाण्डू गोर्खाज र जनकपुर बोल्ट्सबीचको खेल सुरु भएको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको काठमाण्डू गोर्खाजका लागि स्मित पटेल र साम हेजलेटले ओपनिङ ब्याटिङ गरेका छन् ।

काठमाण्डू गोर्खाजको कप्तानी करण केसीले गरिरहेका छन् । टोलीमा भीम सार्की, सुमित महर्जन, हरिशंकर साह, राशिद खान, आदिल आलम अन्सारी, शाहब आलम, स्मित पटेल, साम हेजलेट, रिपोन मण्डल र जहान्दाद खान छन् । यू–१९ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सूर्यांशु कोइराला र प्रसिद्ध जैसी सहभागी भएपछि उनीहरूको स्थानमा काठमाण्डूले सुमित महर्जन र हरिशंकर साहलाई टोलीमा समावेश गरेको हो ।

अमेरिकी अलराउन्डर हरमित सिंहको कप्तानीमा मैदानमा उत्रिएको जनकपुर बोल्ट्सको टोलीमा तृतराज दास, मयन यादव, अनिल साह, अमरसिंह राउटेला, अभिषेक तिवारी, ललित राजवंशी, राहुल यादव, मोइन अली, सैफ हसन र कुशल परेरा छन् । पहिलो संस्करणको विजेता जनकपुर आफ्नो अघिल्लो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । काठमाण्डू भने यस संस्करणको पहिलो खेलमा जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?