ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण
प्रथम अन्तर प्रदेशस्तरीय स्ट्रेन्ट लिफ्टिङ तथा आईबिपी च्याम्पियनसीप २०७९

सलिम, नन्देश्वर र अन्जना बने च्याम्पियन

२९ माघ २०७९, आईतवार
२९ माघ २०७९, आईतवार

बुटवल, २९ माघ

बुटवलमा सम्पन्न प्रथम अन्तर प्रदेशस्तरीय स्ट्रेन्ट लिफ्टिङ तथा आईबिपी च्याम्पियनसीप २०७९ मा सलिम, नन्देश्वर र अन्जना च्याम्पियन बनेका छन् । प्रतियोगिताको आईबिपीमा सलिम अन्सारी, स्टेन्थ लिफिटिङ नन्देश्वर सिह सतवर र महिलातर्फ ओभरअल च्याम्पियन बनेका हुन् ।

खुलातर्फ ६६.८ बडि तौल समूहमा देवेन्द्र चौधरी प्रथम भए । उनले १ सय ४२.५ किलो तौल उचाल्दै च्याम्पियन भएका हुन् । यस समूहमा घनश्याम राजभण्डारी दोस्रो र मनोज कुमार चौधरी तेस्रो भए । आईबिपी पुरुषतर्फ ५२ केजी तौल समूहमा नन्देश्वर सिह सतवार विजेता बने । यस समूहमा कृष्ण राजगुप्ता दोस्रो र रमेश कहाँर तेस्रो भए । ६० केजी तौल समूहमा हिमाल महत विजेता बने । यो तौल समूहमा हेम बहादुर बुढामगर दोस्रो र सन्दिप चौधरी तेस्रो भए । ६८ केजी तौल समूहमा अभिषेक खड्का प्रथम भए । यसैगरी यो तौल समूहमा पियुष बानिया दोस्रो र बिशाल खत्री तेस्रो भए । ७६ केजी तौल समूहमा सुभाष सुनार प्रथम भए । यसैगरी प्रतिक चौधरी दोस्रो र वसन्त गुरुङ तेस्रो भए । ७६ केजी प्लस समूहमा समिर अन्सारी कुल २ सय ५८ तौल भार उठाउँदै उपाधि चुमे । यसैगरी सलिम कुरैसी दोस्रो र इस्मित केसी तेस्रो भए । आईबिपीमा अन्सारी ओभर अल च्याम्पियन अफ च्याम्पियन बन्न सफल भए ।

यसैगरी स्टेन्थ लिफिटङतर्फ पुरुष ५२ केजी तौल समूहमा नवलपरासीका नन्देश्वर सिह सतवार च्याम्पियन बने । समूहमा रामचन्द्र भट्टराई दोस्रो र कृष्ण राज गुप्ता तेस्रो भए । ६० केजी तौल समूहमा सन्दिप चौधरी प्रथम भए । हिमाल महत दोस्रो र सन्जय शर्मा तेस्रो भए । ६८ केजी तौल समूहमा आसु कहर प्रथम भए । यसैगरी रिसब बैश्य दोस्रो र पियुष बानिया तेस्रो भए । ७६ केजी तौल समूहमा रोमश खरेल प्रथम भए । सुभाष सुनार दोस्रो र अंकित अग्रहरी तेस्रो भए । ७६ प्लस तौल समूहमा समिर अन्सारी प्रथम भए । ईस्मित केसी दोस्रो र मनोज कुमार मल्लाह तेस्रो भए ।

ओपन क्याटगरी मास्टरमा मनोज चौधरी च्याम्पियन बने । उनले कुल ३ सय ३३.६१ तौल उठाउँदै उपाधि हात पारे । देवेन्द्र चौधरी दोस्रो भए । आईबिपी समूहमा ओभर अल च्याम्पियन अफ च्याम्पियन नन्देश्वर सिह सतवार बने । यसैगरी आईबिपी विधामा महिला ५८ केजी तौल समूहमा रिता बिक च्याम्पियन बनिन् । उनले कुल १ सय ९६.२६ केजी तौल उठाउँदै च्याम्पियन बनेकी हुन् ।

यसैगरी रोशनी डुम्रे दोस्रो भईन् । यसैगरी बाईसेक कर्ल, हेकलिफ्ट विधामा महिला ५८ केजी प्लसमा अन्जना श्रेष्ठले ३ सय ६१.०९ केजी तौल बजन उठाउँदै च्याम्पियन बनिन । यसैगरी पुजा क्षेत्री दोस्रो र अनुजा परियार तेस्रो भईन् । सुनवल भालुभैरवकी अन्जना श्रेष्ठ ओभर अल च्याम्पियन अफ च्याम्पियन बनेकी छिन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले काठमाडौमा फागुनको अन्तिम साता हुने अन्तर्राष्ट्रिय स्ट्रेन्ट लिफ्टिङ तथा ईनक्लाइन बेन्च प्रेस प्रतियोगितामा प्रतिष्पर्धा गर्ने नेपाल स्ट्रेन्ट लिफ्टिङ संघका केन्द्रीय महासचिव जीवन गिरीले बताए ।

नेपाल स्टेन्थ लिफिटिङ संघका केन्द्रीय सदस्य विजेन्द्रमान श्रेष्ठले प्रतियोगितामा लुम्बिनीसहित कर्णाली, सुदुरपश्चिमका गरी ३ प्रदेशका एक सय बढी खेलाडीहरुले ईनक्लाईन बेन्च र बाईसेक कर्ल, हेकलिफ्ट गरी दुई विधामा प्रतिष्पर्धा गरेका थिए । पुरुष ५२ केजी, ६० केजी, ६८ केजी, ७६ केजी, ७६ केजी प्लस गरी ५ तौल समूह, महिलातर्फ ५८ केजीमाथि, ५८ केजी तौल मुनि गरी दुई ईभेन्ट र मास्टर्स ४० वर्षमाथि खुला समूहमा प्रतियोगितामा खेलाडीहरुले भाग लिएका छ ।

एक समारोहका बीच प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल स्ट्रेन्ट लिफ्टिङ संघका केन्द्रीय सदस्य तथा राष्ट्रिय निर्णायक केदारमान स्थापित, प्रदेश १ बाट हयारी धिमाल, चन्द्र बहादुर राना, प्रसिद्ध भक्तराज लवत, जज राजेश सुवाल, केन्द्रीय सदस्य तथा राष्ट्रिय जज बिजेन्द्रमान श्रेष्ठ, सन्तोष काजी शाक्य, अन्तराष्ट्रिय स्टेन्थ लिफिटिङ जज राजधर मिश्रा र अनुप कुमार, नेपाल शारीरिक सुगठन संघका केन्द्रीय सदस्य सितु प्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश स्टेन्थ लिफिटिङका अध्यक्ष नवराज डुम्रे, शारीरिक सुगठनका रुपन्देहीका प्रशिक्षक केशव शाक्यले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?