© 2026
काठमान्डौँ ।
यू–१९ महिला विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपालमा हुने भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार १५ खेल नेपालमा हुने तय भएको हो । उक्त खेल नेपालको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।
आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने विश्वकप नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्दैछन् ।