© 2026
काठमाडौँ । प्रख्यात बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
पर्यटनमन्त्री खडक राज पौडेलले आनी छोइङको नियुक्तिबारे जानकारी दिएका हुन्।
आध्यात्मिक साधना र सांगीतिक योगदानमार्फत विश्वभर शान्तिको सन्देश फैलाउँदै आएकी आनी छोइङको नियुक्तिसँगै बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय प्रवर्द्धन, पर्यटन विकास तथा लुम्बिनी विकास कोषका गतिविधिलाई थप प्रभावकारी बनाउने उनले धारण व्यक्त गरिन।
लुम्बिनीलाई विश्व शान्ति, बौद्ध दर्शन र आध्यात्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न उनको भूमिका रहने भिक्षुले बताईन ।