Butwal Today

समाजसेवी गोपाल रानाले जेष्ठ नागरिकका लागि दिए सहयोग

१ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

बुटवल ।

समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ खर्च कटाएर उक्त रकम जेष्ठ नागरिकका लागि सहयोग गरेका छन् ।
रानाले बुटवल–१०, रामनगरस्थित दुर्गा मन्दिरमा स्थापना गरिने जेष्ठ नागरिक मिलन केन्द्र तथा धर्मशाला निर्माणका लागि २ लाख १ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

मन्दिर परिसरमा आयोजित श्रीमद देवीभागवत ज्ञान महायज्ञमा उनले उक्त रकम हस्तान्तरण गरेका छन् । मन्दिर परिसरमा धर्मशाला तथा जेष्ठ नागरिक केन्द्र निर्माणार्थ असोज २५ गतेदेखि आयोजित महाज्ञको आइतबार समापनका अवसरमा बोल्दै रानाले मानवीय सेवाको क्षेत्रमा सानो भए पनि योगदान दिने आफ्नो लक्ष्य अनुरुप रकम प्रदान गरिएको बताए ।

बुटवलको ड्रिम इन्टरनेशनल तथा तिलोत्तमाको ड्रिम गोल्ड रिसोर्टका सञ्चालकसमेत रहेका रानाले सामाजिक क्षेत्रमा योगदान गर्दै आएका छन् । उनले बुटवलका एक दर्जन बढी विद्यालय, मानव सेवा आश्रम, अपाङ्गता भएकाहरुको आश्रम तथा मठ–मन्दिरहरुमा अक्ष्यकोष स्थापना गरेका छन् । रामनगरस्थित दुर्गा मन्दिर ब्यवस्थापन समिति अध्यक्ष तथा यज्ञ सम्पादन मुल समिति अध्यक्ष ईन्द्रध्वज मल्लले रकम दान गर्ने रानालाई प्रमाणपत्र तथा दोसल्लाले अभिनन्दन् गरेका थिए ।

यस क्षेत्रमा नै पुरानो बसोबास मानिएको रामनगर बिसं. २०२४ सालमा महेन्द्र राजमार्ग निर्माणको क्रममा विकास भएको थियो । सोही क्रममा स्थानियहरुबाट मन्दिर स्थापना भई धार्मिक सद्भाव र एकता अघि बढाउने गरि मन्दिरमा नियमित पुजाआजा गरिएको उनले बताए ।

महायज्ञबाट संकलन भएको रकमबाट जेष्ठ नागरिक दिवा मिलन केन्द्र तथा धर्मशाला निमार्ण गरिने हुँदा सो क्षेत्रका जेष्ठ नागरिकहरुलाई भजनर्कितन र भेटघाट गर्ने थलोका रुपमा विकास हुने महासचिव दिलिप कुमार सुनारले बताए । करिब ७ कठ्ठा क्षेत्रफल रहेको मन्दिर ब्यवस्थापन समितिबाट परिसरमा क्रियापुत्री भवन र सामुदायिक भवन निमार्ण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?