© 2026
काठमाण्डौ ।
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय शानेपामा आज आयोजित विशेष समारोहमा केन्द्रीय निर्वाचन आयोगका संयोजक प्रेमबहादुर खड्काले थापालाई शपथ गराएका हुन् ।
गएको असोज १८ देखि २३ गतेसम्म काठमाण्डौमा सम्पन्न पार्टीको १५औँ महाधिवेशन अन्तर्गत भएको चुनावमा थापाले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।
शपथ ग्रहण समारोहमा वैदिक मन्त्रोच्चारणसहित धार्मिक विधि पूरा गरी निर्वाचन आयोगका संयोजक खड्काले थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सपथ ग्रहणसंगै निर्वाचित प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको छ । महाधिवेशनबाट निर्वाचित अन्य पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूको शपथ ग्रहण भने दशैँपछि हुने कांग्रेसले जनाएको छ ।
शपथ ग्रहणपछि सभापति थापाले नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावाद वास्तविक लोकतन्त्रतर्फ र प्रदर्शनमुखी शैलीबाट नीतिगत सुधारतर्फ लैजानुपर्ने बताएका छन् ।