© 2026
झिसमिसे साँझ पर्दै जादा गाउँका युवायुवती एकै किसिमका पहिरनमा सजिएर घरघरबाट निस्कन्छन् । मतवाको घरमा जम्मा भएर मादलको तालमा समूह बनाइ नाछ सुरु गर्छन् । पुरुष मादल बजाउने त्यही मादलको तालमा महिला नाच्ने गरेको दृश्य थारु बस्तीमा देखिने दृश्य हो यो । नेपालीहरूको महान् चाड दसैँ सकिएसँगै दाङका थारू बस्तीमा सख्या नाचको रौनक सुरु हुन थालेको छ। गाउँघरमा सख्या मादलको ताल गुञ्जिन थालेपछि थारु समुदायका बस्तीमा चाडपर्वको उल्लाससँगै सांस्कृतिक चहलपहल बढ्न थालेको हो।
घोराही उपमहानगरपालिका (६ का भिमबहादुर चौधरीले भने,ूथारु समुदायको मौलिक कला, संस्कृति र परम्परासँग जोडिएको सख्या नाचमा मादलको ताल र सामूहिक नृत्यको विशेष महत्त्व हुन्छ। विशेषगरी दसैँको समयमा थारु बस्तीमा युवायुवती तथा स्थानीयहरु भेला भएर सख्या नाच्ने परम्परा रहिआएको बताए । उनले भने,ू मादलको तालमा गीत गाउँदै नाच्ने र थारु समुदायका युवती सेतो लुङी र चोलीमा सजिएर नाच्ने गर्द्छ्न।
घोराही (१७ का कालिचरण चौधरीले पौराणिक कालदेखी सख्या थारु समुदायको सांस्कृतिक पहिचान रहेको बताए । थारु समुदायको मौलिक संस्कृति संरक्षण गर्न सांस्कृतिक समूह र समुदायका अगुवाले समेत चासो दिएर निरन्तरता दिएको बताए । सख्या नाचजस्ता नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सांस्कृतिक कार्यक्रम, अभ्यास तथा प्रतियोगिता सञ्चालन गर्ने गरेको बताए । सख्या नाचका समयमा गाउँका महिलापुरुष एकै ठाउँमा भेला भएर नाचगान गर्ने गरेका छन् । पछिल्लो समय आधुनिक मनोरञ्जनका माध्यमको प्रभाव बढ्दै गए पनि थारू समुदायका विभिन्न बस्तीमा परम्परागत नाचगानप्रति आकर्षण कायमै छ। गाउँघरमा सख्या मादल बज्न थालेपछि बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्ममा सांस्कृतिक उत्साह थपिने गरेको छ।
संख्या नाच केवल मनोरञ्जनको माध्यम मात्र नभई नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्ने अवसरसमेत हो। अग्रज पुस्ताबाट सिक्दै आएका गीत, नाच र मादल बजाउने सीपलाई युवापुस्ताले निरन्तरता दिन सके थारू समुदायको मौलिक संस्कृति संरक्षणमा सहयोग पुग्ने देखिन्छ।
दाङका घोराही, तुलसीपुर, लमही, गढवा, राजपुरलगायतका थारु समुदायको बसोबास रहेका क्षेत्रमा सख्या नाचको आफ्नै महत्त्व छ।
दाङका थारू बस्तीमा गुञ्जिन थालेको सख्या मादलको तालले गाउँघरमा चाडपर्वको उमङ्ग मात्र थपेको छैन, पुस्तौँदेखि चलिआएको मौलिक संस्कृति र पहिचानलाई निरन्तरता दिने सन्देशसमेत दिएको छ।
थारू समुदायको मौलिक कला, संस्कृति र परम्परासँग जोडिएको सख्या नाच दशैमा विशेष उत्साहका साथ नाच्ने गरिन्छ। मादलको तालमा गीत गाउँदै सामूहिक रूपमा नाचिने सख्याले थारू समुदायको सांस्कृतिक पहिचान झल्काउँछ।
थारु बस्तीमा सख्या नाच सुरु भएसँगै स्थानीयमा चाडपर्वको उमङ्ग थपिएको छ। गाउँका मानिसहरू एकै ठाउँमा भेला भएर मादल बजाउने, गीत गाउने र नाच्ने परम्पराले समुदायबीच आपसी सद्भाव र एकता कायम गर्नसमेत सहयोग पुर्याउँदै आएको छ।
सख्या नाच मनोरञ्जनको माध्यम मात्र नभई थारू समुदायको मौलिक संस्कृति र परम्परा नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्त्वपूर्ण माध्यम पनि हो। अग्रज पुस्ताबाट सिक्दै आएका गीत, नाच र मादल बजाउने सीपलाई युवापुस्ताले निरन्तरता दिँदा सांस्कृतिक पहिचान संरक्षणमा टेवा पुग्ने देखिन्छ।
थारू समुदायको मौलिक संस्कृति संरक्षणका लागि यस्ता परम्परालाई निरन्तरता दिन आवश्यक छ। स्थानीय तह, सांस्कृतिक समूह र समुदायका अगुवाले नयाँ पुस्तालाई सख्या नाचको महत्त्व बुझाउँदै यसको संरक्षणमा ध्यान दिन सके परम्परागत कला र संस्कृति भावी पुस्तासम्म पुर्याउन सकिनेछ।