Butwal Today

कांग्रेस नेता तथा लुम्बिनी प्रदेश सभाका पूर्व सभासद खान रास्वपामा प्रवेश

३१ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

बुटवल ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा लुम्बिनी प्रदेशका पूर्व सभासद फकुरुद्दिन खान राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देही ५ ख बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित भएपछि खान नेपाली कांग्रेसबाट प्रदेश सभाको प्रमुख सचेतक बनेका थिए ।
यसअघि भएको प्रदेश सभाको निर्वाचनमा भने उनी पराजित भएका थिए ।

त्यसअघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लुम्बिनी सांस्कृति नगरपालिकाको मेयरमा चुनाव लडेर पराजित भएका थिए । मेयरमा पराजित भएपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै खानले नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी दुबै लोकतान्त्रिक पार्टी रहेको र ती दुई पार्टीबीच राजनीतिक समानता रहेकोले आफू रास्वपामा प्रवेश गरेको बताएका छन ।

खानको रास्वपा प्रवेशसँगै रुपन्देहीमा पार्टीगत राजनीतिक समीकरण र आगामी राजनीतिक गतिविधिबारे चर्चा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?