© 2026
कपिलवस्तु ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री तथा पुर्व संघिय मन्त्री सुरेन्द्रराज आचार्यले बर्तमान सरकार पाँच बर्ष नटिक्ने बताएका छन् । नेपाली काँग्रेस कपिलवस्तु क्षेत्रिय कार्य समिती १ सहित सो क्षेत्र अन्तर्गतका प्रदेश कार्य समिती र पालिका कार्य समितीले संयुक्त रुपमा आयोजना गरेको बिजयादशमी, दिपावली, नेपाल संवत र छठका अवसरमा बाणगंगाको गजेहडा स्थित बिपी स्मृती भवनमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा महामन्त्री आचार्यले सो दावी गरेका हुन् ।
वर्तमान सरकारको कार्यशैली र आपसी द्वन्दका कारण अहिलेको सरकार पाँच बर्ष नटिक्ने उनले बताए । “हामीले स्थानिय तह र प्रदेशसभा निर्वाचनको तयारीमा ध्यान दिनुका साथै यो सरकार टकिकेको अवस्थामा हुने मध्यावधिक निर्वाचनका लागी समेत तयारी हातमा रहनु पर्छ । उच्च मनोवलका साथ एकताबद्ध भएर आगामी निर्वाचनहरुको तयारीमा लागौं ।” महामन्त्री आचार्यले भने ।
काँग्रेसले निती र बिधी परिर्वतन गरेर मात्रै नहुने बताउदै केन्द्र देखी वडा सम्मका नेता कार्यकर्ताले आफुलाई सच्याउन आवश्यक रहेको संबिधानसभा सदस्य तथा पार्टी नेता अतहर कमालको भनाई थियो ।
अब वडा तहबाटै सक्रिय रहेका नेता कार्यकर्ता र कार्यको आधारमा मुल्याकंन गरिने परिपाटी बिकास हुने कपिलवस्तु १ का क्षेत्रिय सभापति टेक बहादुर शाहीले बताए । आगामी निर्वाचनमा एकबद्ध भएर जिल्लाभर पार्टी उम्मेदवार जिताउन एकताबद्ध रुपमा अगाडी बढ्न सबै तत्पर हुनु पर्ने पुर्व प्रदेशमन्त्री सहसराम यादवको सुझाव थियो ।
बदलिएको काँग्रेस पार्टीले अब एकता र सहकार्यको उदाहरण प्रस्तुत गर्न आवश्यक रहेको नेपाली काँग्रेसका जिल्ला सभापति अब्दुल कलामले बताए । बिगतको अनुभव र युवा पुस्ताको सहकार्यले काँग्रेसलाई अझ शसक्त बनाउने पार्टीका पुर्व जिल्ला सभापति राजेश आचार्यको भनाई थियो ।
पार्टीका लुम्बिनी प्रदेश सदस्य रुक बहादुर भुसाल, जिल्ला सचिव शक्ति सिंह ठकुरी, महिला नेत्री बिमला गैरे, महाधिबेशन प्रतिनिधी गणेश सिंह ठकुरी, नेता कृष्ण मुरारी ज्ञवाली, प्रदेश १ (ख) सभापति मंगल प्रसाद थारु, बाणगंगा नगर सभापति रविराज आचार्य, कपिलवस्तु नगर सभापति प्रकाश गैरे, मायादेवी गाउँ सभापति चन्द्रिका यादव, शुद्धोधनका उपसभापति मोहम्मद रफिक, बुथ ईकाई सभापतिहरु बुद्धिराम चौधरी, देवेन्द्र कुमार पोख्रेल, चुडामणी अर्याल, क्षेत्रिय सचिव शालिकराम भुसाल लगाएतले बदलिएको काँग्रेसको नेतृत्व नागरिकको दैनिकी सँग जा्डिन आवश्यक रहेको बताए ।