Butwal Today

हेल्प मधेसी कतारको अध्यक्षमा सन्तोष साह सर्वसम्मत

३१ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

कतार ।

हेल्प मधेसी कतारको अध्यक्षमा सन्तोष साह चयन भएका छन् । शुक्रबार कतारमा सम्पन्न पाचौं महाधिवेशनबाट आगामी कार्यकालका लागी अध्यक्षमा सन्तोष शाह सर्वसम्मत रुपमा चयन भएका छन् ।

महाधिवेशनबाट प्रथम वरिष्ठ उपाध्यक्षमा बृज देव साह, द्वितीय वरिष्ठ उपाध्यक्ष अरुण कुमार यादव, प्रथम उपाध्यक्षमा राजेश साह, द्वितीय उपाध्यक्षमा रामप्रसाद मण्डल, तृतीय उपाध्यक्षमा महेन्द्र पासवान, चौथो उपाध्यक्षमा नौजु रुद्रवार यादव, पाँचौँ उपाध्यक्षमा संजित साह सोनार, छैटौँ उपाध्यक्षमा बुद्धिराज यादव, महासचिबमा ओम प्रकाश यादव, सचिबमा नागेश्वर महतो, सहसचिबमा बिरेन्द्र कुमार साह, कोषाध्यक्षमा बिरेन्द्र कुमार महतो, सहकोषाध्यक्षमा अभिराम मण्डल, प्रवक्तामा गुलामी कामति निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा रासिन्द्र यादव, राम प्रकाश यादव, राम प्रसाद ठाकुर, राम किशोर यादव,राजलाल महतो, आनन्द कुमार पाल, बिरेन्द्र राय, गौरी शंकर यादव, विरेन्द्र कुमार पासवान, प्रदिप कुमार मंडल,राकेश कुमार यादव, अमृत कुमार यादव,राम ठाकुर, सहदेव साफी, राजबंशी मंडल, मनोज कामति, श्याम नारायण चौधरी, दिलिप कुमार महतो, रूपेश ठाकुर, धिरज सोनि, बिहारी साफी रहेका छन् । त्यस्तै सक्रिय सल्लाहकारमा राम कल्याण महतो र रमेश कुमार यादव रहेका छन् । सल्लाहकारहरुमा बिल्टु महतो,सुभाष साह रामचन्द्र मंडल, कमलेश यादव,घुरन महतो र दिनेश साह छन् । नवनिर्वाचित पदाधिकारी तथा सल्लाहकारहरुलाई संस्थाका पुर्व अध्यक्ष राम कल्याण महतोले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

प्रवासमा रहेर पनि नेपाली भाषा, संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महाधिवेशन सँगै नेपालीहरूको महान् पर्व बडादसैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?