Butwal Today

मधेश सरकारबाट एमाले बाहिरियो

३० आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

जनकपुरधाम ।

नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आज मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाएका छन् ।

एमालेका मन्त्रीहरूले राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको एमालेका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिए ।
एमालेबाट सरकारमा सहभागी श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले राजीनामा दिएका हुन् ।

मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन् । प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी पनि गठबन्धनमा सहभागी छ ।

नयाँ सरकार गठनको कसरतका लागि एमालेले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?