Butwal Today

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

३० आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

काठमाडौँ ।

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटवार्तामा उनीहरुबीच नेपाल र ब्रुनाई दरुसलामबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा समेत छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?