© 2026
दाङ। दाङमा बिहिवार साँझ दुईवटा मोटरसाईकल एक आपसमा ठोक्कीएर भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही २ रामपुरमा ४० वर्षका टोपबहादुर वली रहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएकाछ्न ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटना पछि मोटरसाइकलमा आगलागी भएको थियोे । मोटरसाइकल जलेकाले मोटरसाइकल नम्बर पहिचान हुन सकेको छैन । दुर्घटनामा दुई जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भीर रहेको छ । घाइते दुवैको घोरही स्थिति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचार भैरहेको छ ।
घाइते हुनेमा दाङको बंगलाचुली गाउँपालिका ४ का सुनिल खत्री र रामबहादुर डाँगी रहेको प्रहरीले जनाएको छ । तिव्र गतिमा रहेको एक मोटरसाइकलमा ३ जना सवार रहेको र बंगलाचुली ४ का मोटरसाइकल चालक मोहन डाँगी दुर्घटना पछि फरार रहेको प्रहरीले जनाएको छ । फरार मोटरसाइकल चालक डाँगीको खोजिकार्य भैरहेको पनि प्रहरीले जनाएको छ ।