Butwal Today

मनकामना सामुदायिक वनद्वारा ९ करोड १४ लाख बढीको बजेट प्रस्तुत

२९ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

बाणगंगा ।

बाणगंगा नगरपालिकाको श्री मनकामना सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८३/०८४ का लागि ९ करोड १४ लाख ५० हजार ७ सय ५० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । बनका अध्यक्ष मुक्तबहादुर कार्कीको अध्यक्षतामा बिहीबार सम्पन्न १९औँ वार्षिक साधारणसभामा उक्त बजेट प्रस्तुत गरिएको हो ।

अध्यक्ष कार्कीले सामुदायिक बनको उत्पादकत्व वातावरणीय सन्तुलन कायम गर्नका लागि वैज्ञानिक तथा दिगो वन व्यबस्थापन, वृक्षरोपण तथा हरियाली प्रवद्र्धन, वन पैदावारको न्यायोचित उपयोग, उपभोक्ताको सामाजिक तथा आर्थिक विकास, वातावरण तथा जैविक विविधता, सुशासन, पारदर्शिता तथा सहभागितालाई मुख्य प्राथमिकतामा राखेर कार्य गरिरहेको बताए ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले नगरभित्रका सामुदायिक वनहरूको आयव्यय सन्तोषजनक रहेको र सुशासन तथा पारदर्शिता सहित बजेटको सदुपयोग भइरहेको बताए । नगर प्रमुख अर्यालले सामुदायिक वनले स्थानीय तहमा बुझाउनुपर्ने कर कार्यान्वयनका लागि प्रदेश सरकारसँग पहल भइरहेको जानकारी दिए ।

साधारण सभामा वनका सचिव गंगा कुमारी भट्राईले प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मी चौधरीले आर्थिक प्रतिवेदन तथा लेखा समिति सदस्य दिपक भुसालले प्रस्तुत गरेका लेखा प्रतिवेदन पारित भएका छन् ।

सामुदायिक वनका पूर्वअध्यक्ष अमित पौडेल, बाणगंगा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष विश्व कार्की, सबडिभिजन वन कार्यालय पिपराका प्रमुख दिनेश जयसवाल, वैज्ञानिक वन महासंघका जिल्ला अध्यक्ष डिल्ली राज रेग्मी, मौरीपालन उत्पादन सहकारी संघका अध्यक्ष लिलापति घिमिरे, बाणगंगा –२ का वडाध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेललगायतले आ आफ्ना धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?