ट्रेंडिंग:

>> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु >> नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला >> तिहार पर्व शुरु, आज धनतेरस मनाइदै >> विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग >> ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ >> पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु >> अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने >> रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै >> एलजीका उत्पादनहरूमा ४०% सम्मको क्यासब्याक >> प्रहरीकै मौन स्वीकृती >> पटका तस्करी दिनका दिन >> घरघरमा बिषादी, नियन्त्रणमा चुनौति >> पार्टी नयाँ, प्रवृत्ति र पात्र पुरानै ! >> ‘खेतमा आगो लगाउँदा उर्वरा शक्तिमा ह्रास’ >> संघीयता खारेज गरे हुन्छः सभापति पुन >> ‘ढाका सभ्यता’ का साक्षी >> स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडी भूभागको मौसम बदली >> लुम्बिनी इनोभेटर्स बुटक्याम्प  सम्पन्न >> राईनो संरक्षण गोल्डकप फुटबल : फाईनलमा नेपाल एपिएफ र नमोबुद्ध भिड्ने >> नारायणगढ–बुटवल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने
विचार

२० वर्षमा विवाह, पहिलो बच्चा कहिले ?

“नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो पटक गर्भवती हुन २०देखि ३० वर्षको उमेर उपयुक्त हुन्छ भने कानुनी रुपमा विवाह गर्न महिला र पुरुष दुवै कम्तीमा २० वर्ष पूरा भएको हुनुपर्दछ ।” महिलाको लागि २० देखि ३५ वर्ष र पुरुषको लागि २० देखि ४०÷४५ बर्ष सम्मको उमेर उपयुक्त मानिन्छ ।
२९ माघ २०७९, आईतवार
२९ माघ २०७९, आईतवार

“नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो पटक गर्भवती हुन २० देखि ३० वर्षको उमेर उपयुक्त हुन्छ भने कानुनी रुपमा विवाह गर्न महिला र पुरुष दुवै कम्तीमा २० वर्ष पूरा भएको हुनुपर्दछ ।” महिलाको लागि २० देखि ३५ वर्ष र पुरुषको लागि २० देखि ४०÷४५ बर्ष सम्मको उमेर उपयुक्त मानिन्छ । त्यसैले उमेर २० वर्ष पछाडी र ३० बर्ष अगाडि पहिलो बच्चा जन्माउनु महिलाको लागि बच्चा जन्माउने निकै राम्रो उमेर मानिन्छ । सामान्य भाषामा भन्नुपर्दा २० वर्ष पारी अनि बिहेबारी भन्ने भनाई स्वास्थ्यको नाराकै रुपमा चलेको पाईन्छ । बिभिन्न तथ्याङ्कहरुको आधारमा भन्नुपर्दा १९५० देखि १९६० मा २३ बर्षका पुरुष र २० बर्षका महिला १९६० देखि २००३ मा २७ वर्षका पुरुष र २५ वर्षका महिला अनि हालको तथ्याङ्कको आधारमा २५ वर्षका महिला र २६ वर्षका पुरुषहरुको उपयुक्त उमेर भन्ने भेटिएका छन् भने कानुनी रुपमा पनि विवाह गर्ने उपयुक्त उमेर महिला र पुरुष दुवै २० वर्ष उमेर पूर्णरुपमा पुरा भएको हुनु पर्दछ । विवाह २० वर्ष उमेर पूरा भैसकेपछि गर्दा महिला र पुरुष दुवैको शारीरिक परिपक्वता पूर्णरुपमा हुनुको साथै प्रजनन अंगहरु परिपक्व रुपमा विकसित हुन्छन् । साथै उनीहरु विवाहको बारेमा बुझ्न शारीरिक र मानसिक रुपमा परिपक्व हुन सक्ने र विवाहलाई आफ्नो एउटा सकरात्मक मार्ग रेखाको रुपमा समेत लैजान सक्ने हुनाले बिहे २० बर्ष पछि गर्नु उपयुक्त मानिन्छ ।

यसका फाईदाहरु ः

१.महिला तथा पुरुष दुवैमा शारीरिक परिपक्वता आउँछ ।
२.प्रजनन अंगहरुको पूर्णरुपमा विकसित भैसकेको हुन्छ ।
३.परिवारको योजना बनाउन सक्ने क्षमताको विकास भैसकेको हुन्छ ।
४.महिला तथा पुरुष दुवै आफुमा आत्मनिर्भर भैसकेका हुन्छन् ।
५.पूर्णरुपमा स्वस्थ र तन्दुरुस्त बच्चा जन्मिन्छ ।
६.शारीरिक, मानसिक, सामाजिक पारिवारिक तथा संवेगात्मक रुपमा परिपक्व भैसकेको हुनाले अन्य खालका नकरात्मक समस्याहरुमा भmेलिनु पर्दैन ।

“नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो पटक गर्भवती हुन २०देखि ३० वर्षको उमेर उपयुक्त हुन्छ भने कानुनी रुपमा विवाह गर्न महिला र पुरुष दुवै कम्तीमा २० वर्ष पूरा भएको हुनुपर्दछ ।” महिलाको लागि २० देखि ३५ वर्ष र पुरुषको लागि २० देखि ४०÷४५ बर्ष सम्मको उमेर उपयुक्त मानिन्छ । त्यसैले उमेर २० वर्ष पछाडी र ३० वर्ष अगाडि पहिलो बच्चा जन्माउनु महिलाको लागि बच्चा जन्माउने निकै राम्रो उमेर मानिन्छ । दुवै दम्पत्तीले आफ्नो जीवनको उपयुक्त समय छानी आफ्नो पढाई, काम कार्य जागिर, ब्यापार आदि दिनचर्याका कार्यलाई मध्यनजर गरेर बच्चा कहिले जन्माउने, कति जन्माउने, कहाँ जन्माउने, कसरी जन्माउने र जन्मान्तर कति राख्ने भन्ने बारेमा योजनावद्ध तरिकाले बच्चा जन्माउने योजना बनाउन सकिन्छ । योजना बनाउन जरुरी छ । किनकी कुनै पनि काम पुर्व योजनाबिना गर्दा कार्य सफलता गराउन अनेक समस्या आईपर्ने र योजनावद्ध तरिकाले गरिएका कार्यहरु सजिलै सफलताका साथ सम्पन्न हुने हुँदा योजना बनाउनु जरुरी छ । २० बर्ष उमेर पुरा नभैकन पहिलो गर्भधारण गर्दा आमामा निम्न जटिलता हुन सक्दछन् ।

क. शारीरिक जटिलता ः धेरै टाउको दुख्नु, अत्यन्तै पेट दुख्नु, हिडडुल गर्न अत्यन्तै असजिलो हुनु, हात खुट्टा अर्रो भै काम्ने वा मुर्छा पर्नु, निकै कडारुपले तल्लो पेट दुख्नु, पाठेघर रप्चर हुनु, बच्चा जन्माउदा योनिद्वार च्यातिनु आदि ।

ख. मानसिक जटिलता ः डर लाग्नु, चिन्ता लिईरहनु, एककोहोरो हुनु जस्ता दीर्घकालीन असरहरु देखिन सक्दछन् ।

बच्चामा हुने जटिलता ः
क. गर्भाबस्थामा कुपोषण र अन्य कारणले शिशुमा अपाङ्गता हुन सक्दछ ।
ख. अपाङ्गताहरुमा डाउनसिन्ड्रोम, पैतला अथवा हात बाँङ्गिनु ।
ग. बहिरोपन, मोतिबिन्दु, ओठ काटिएको, मुटु सम्बन्धी समस्या आदि देखिन्छन् ।
घ. पाठेघर सानो भएको आमाहरुको कारणले बच्चाको वृत्ति विकास पूर्ण रुपमा हुन सक्दैन ।
पारिवारिक समस्याहरु ः
१. शारीरिक समस्या ः आमालाई दीर्घकालीन रुपमा स्वास्थ्य समस्या देखिदा उपचार गर्दा लगातार शरीर कमजोर हुने जस्ता समस्या ।
२.आर्थिक समस्या ः लगातारको उपचारमा पैसा खर्च हुने । आर्थिक पाटोमा कमजोर बनिने ।
३. मानसिक समस्या ः सधै चिन्तित, डर त्रास भैरहने, पारिवारिक जटिलता समेत आउने । ४. पारिवारिक योजना अनुसार कार्य गर्न नसकिने ।
५. पारिवारिक झन्झट, चिन्ता, तनाव अनि वैमनस्यता समेत उत्पन्न हुन सक्दछ ।
बिहेबारी र बच्चा २० वर्षपछि गर्दा निम्नानुसारका पारिवारिक फाईदा हुन सक्दछन् ।
१. निरोगी परिवार २.सुखी परिबार ३. खुसी परिवार ४. आर्थिक रुपमा समृद्धि ५. शिक्षा दीक्षा र चेतना वृद्धि गर्न सजिलो ६. योजनाबद्ध कार्यले गर्दा पारिवारिक झैझगडा वैमनस्यता आदिबाट टाढा रहन सकिने । ७. आमा, बच्चा र परिवारलाई नै शारीरिक, मानसिक, सामाजिक, पारिवारिक र संवेगात्मक रुपमै सफलता हासिल हुने ।                                         (लेखक स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?