Butwal Today

बुटवल उवासंघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल विजयी

२७ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

बुटवल । 
बुटवल उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा नरिश्वर पौडेल विजयी भएका छन् । आफ्ना प्रतिद्वन्द्वी टङ्क गैरेलाई पराजित गर्दै पौडेल अध्यक्षमा निर्वाचित भएका हुन ।

अध्यक्षमा निर्वाचित पौडेलले ८३३ मत प्राप्त गरि विजयी हुँदा उनको प्रतिद्वन्द्वी टङ्क गैरेले ६०१ मत प्राप्त गरे ।

नव निर्वाचित अध्यक्ष पौडेलले मतदान गरेर विजय गराउनेहरूलाई धन्यवाद व्यक्त गर्दै यस क्षेत्रको उद्योग वाणिज्य तथा व्यवसायीहरूको हक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “हामी हार जित नभनेर सामूहिक रूपमा संस्थाको गरिमालाई कायम राख्न प्रतिबद छु ।”

त्यसै गरी वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई विजयी भएका छन् । उनले ७२४ मत प्राप्त गर्दा उनका प्रत्याशी विमलराज भट्टराईले ६९८ मत प्राप्त गरे ।

उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठले ७१२ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी निर्मित कसजुले ६९३ मत प्राप्त गरे ।
वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी विजयी भएका छन् ।

त्यसै गरी महासचिवमा वसन्तराज ढकालले ७१४ मत प्राप्त गरि विजयी भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?