Butwal Today

अर्थमन्त्री बैंकक प्रस्थान

२७ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-
काठमाडौँ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको  वार्षिक बैठकमा सहभागी हुन बैंकक प्रस्थान गरेका छन् ।
बैंककमा रहँदा उहाँले कोषका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंकका अध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
वार्षिक बैठक तथा त्यस क्रममा हुने अन्य बैठकमा अर्थ मन्त्रीले विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै प्राकृतिक प्रकोप र पूर्वतयारीसम्बन्धी विशेष आफ्नो अभिमत प्रस्तुत गर्नेछन् ।
मन्त्री वाग्लेका साथ अर्थ मन्त्रालयका सचिव  घनश्याम उपाध्याय र अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?