© 2026
सल्यान ।
नेपाल निर्माण व्यवसायी सङ्घ, सल्यानको अध्यक्षमा राजेश गिरी चयन भएका छन् । सङ्घको १०औँ अधिवेशनबाट गिरीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
निर्वाचन समितिको कार्यालय खलङ्गाका अनुसार तोकिएको समय सीमाभित्र सबै पदमा एक एक जनाको मात्र उम्मेदवारी परेको, दाबी विरोध नआएको र उम्मेदवारी फिर्ता नभएकाले सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा कालीप्रसाद भण्डारी, द्वितीय उपाध्यक्षमा धिरज रावत, तृतीय उपाध्यक्षमा डिल्लीराज खड्का, महासचिवमा जिमजियाङ राई, सचिवमा सुवर्ण योगी, कोषाध्यक्षमा दुर्गाप्रसाद डाँगी, सह कोषाध्यक्षमा अञ्जन राई र ठेक्कापट्टा व्यवस्थापक समिति संयोजकमा अम्मरसिंह चयन भएका छन् ।
त्यस्तै, खुला सदस्यमा विष्णु रोकाय, राजेश गिरी, अम्बरबहादुर गिरी, विष्णुप्रसाद खत्री, अनिल भण्डारी, खगेन्द्रकुमार महर्जन र यादवकुमार थापा निर्विरोध चयन भएका छन् । निर्वाचन संयोजक अधिवक्ता सिपी वलीका अनुसार केन्द्रीय प्रतिनिधिमा लक्ष्मण हमाल, भरतकुमार बस्नेत, डम्बर सिंह तिवारी र हिमेन्द्र बाबु सेजवाल चयन भएका छन् ।
प्रदेश प्रतिनिधिमा धनबहादुर परियार, असिम हमाल, लोकमान बुढाथोकी र डिल्लीबहादुर केसी निर्विरोध चयन भएका छन् ।
निर्वाचन संयोजक वलीका अनुसार सङ्घमा आबद्ध भई नवीकरण गरेका १५९ निर्माण व्यवसायी रहेका छन् । नयाँ कार्यसमितिले जिल्लाका निर्माण व्यवसायीको हकहित संरक्षण र निर्माण क्षेत्रका समस्या समाधानमा काम गर्ने अपेक्षा गरिएको छ ।