Butwal Today

अर्घाखाँचीमा बालअधिकारका सवालमा अन्तर्रक्रिया

२६ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्कमा बालअधिकारको संरक्षण तथा संवद्र्धनका सवालमा अन्तर्रक्रिया भएको छ । बालबालिकाको हितमा भइरहेका गतिविधिबारे समीक्षा गर्दै जिल्ला बाल अधिकार समिति र नागरिक समाजबीच अन्तर्रक्रिया भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला बाल अधिकार समितिका अध्यक्ष जीवनारायण कोइरालाले अर्घाखाँचीमा बालअधिकारका विषयमा भइरहेका काम तथा गतिविधिबारे जानकारी गराएका थिए । उनले बालबालिकाको अधिकार सुनिश्चित गर्न सम्बन्धित सरकारी निकाय, नागरिक समाज तथा सरोकारवाला सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको विषयमा जोड दिए ।

जिल्ला बाल अधिकार समितिका अध्यक्ष जीवनारायण कोइरालाको अध्यक्षतामा भएको अन्तर्रक्रियामा सहायक प्रमुख जिल्ला अधिकारी भक्तिराम मरासिनी, प्रहरी नायब उपरीक्षक दिवस जिसी, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विष्णु बेल्वासे, अर्घाखाँची अस्पतालकी नर्सिङ अधिकृत सुनिता आचार्य तथा जिल्ला बाल कल्याण समितिका अध्यक्ष रामचन्द्र पोख्रेललगायतले आ–आफ्नो कार्यालयबाट बालबालिकाको हित र अधिकारका क्षेत्रमा भइरहेका गतिविधिबारे जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागीहरूले बालबालिकाको अधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बालबालिकासँग सम्बन्धित सवालहरूको प्रभावकारी सम्बोधनका लागि सम्बन्धित निकायबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

पिस नेपाल कपिलवस्तुको सहजीकरणमा भएको कार्यक्रममा पिस नेपालका विजय अधिकारीले बाल अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?