Butwal Today

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो

२५ आश्विन २०८३, आइतबार
अ
अ+
अ-
काठमाडौँ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा रु दुई करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर पुगेको छ । सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?