Butwal Today

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार

२५ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

काठमान्डौँ ।

बूढीगण्डकी नदीमा आएको बाढीका कारण पहिरोको जोखिममा परेका ६ जनाको हवाई उद्धार गरिएको छ ।

प्रधानमन्त्री बालेन शाहले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीपहिरो प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार गरिएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री शाहका अनुसार नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट खोज तथा उद्धार कार्यमा खटिएको छ । सेनाले पहिरोको जोखिममा रहेको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरेको हो ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौँमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमलाई समेत हवाई साधनमार्फत उक्त क्षेत्रमा तैनाथ गरिएको प्रधानमन्त्री शाहले बताएका छन् ।

बूढीगण्डकी नदीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?