Butwal Today

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ । मतदान निर्बाध रूपमा जारी रहेको मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीले जानकारी दिएका छन् ।

भण्डारीका अनुसार कोशी प्रदेशबाट ४१०, सुदूरपश्चिम र कर्णालीबाट ६०६, लुम्बिनी प्रदेशबाट ३८९, गण्डकी प्रदेशबाट ३३०, बागमती प्रदेशबाट ४८७ र मधेस प्रदेशबाट ४२२ मत खसेको छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न मतदान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?