ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
राष्ट्रपति कपलाई लक्षित गरी नवौ एन प्याब्सन स्पोर्टस मिट

ग्रासरुट खेलाडीको प्लेटफर्मको आधार विद्यालय खेलकुद

२७ माघ २०७९, शुक्रबार
२७ माघ २०७९, शुक्रबार

बुटवल, २७ माघ ।

देशभर १३ औ राष्ट्रपति छनौट खेल नगर, जिल्लास्तरमा जारी छ । ग्रासरुट लेभलको प्रतिभाशाली खेलाडी छनौट गर्ने आधारका रुपमा रहेको यही प्रतियोगितालाई लक्षित गरी नेशनल प्याब्सल रुपन्देहीको आयोजनामा नवौ नेशनल प्याब्सन खेलकुद कार्यक्रम २०७९ हुने भएको छ ।

माघ २८ र २९ गते दुई दिन हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार बुटवलमा पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बश्यालले रामनगरस्थित खेलमैदानमा हुने प्रतियोगिताको मैदान, खेलाडी दर्ता लगायत सबै तयारी पूरा भएको बताए । वि.सं. २०६८ सालदेखि खेल सप्ताह कार्यक्रम शुरु गरेको र ११ वर्षको ईतिहास बोकेको खेलकुद कार्यक्रम कोभिडका कारण २०७७ र २०७८ मा रोकिएको उनले दुःखेसो गरे । शारीरिक, मानसिक, सामाजिक विकासका लागि खेलकुद आवश्यक हुने उनले बताए ।

कार्यक्रममा एनप्याब्सनका केन्द्रीय सचिव कृष्ण प्रसाद पौडेलले संघीयतासंगै विद्यालयस्तरमा हुने धेरै प्रतियोगिता ओझेलमा परेको बताए । तीन तहकै सरकारको खेलमा ध्यान जान नसकेको दुःखेसो गर्दै निजी क्षेत्रकै भरमा खेलकुद चलेको उनले दाबी गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य देउप्रकाश राई, बालाकृष्ण तिवारी, विष्णुप्रसाद पौडेल, केन्द्रीय सल्लाहकार राजु गुरुङ, प्रदेशका सहसचिव जेबी क्षेत्री, सल्लाहकार तिलक केसी, उपाध्यक्ष बिलप्रसाद गुरुङ, सचिव बाबुराम बन्जाडेले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यसहित वर्षभरि नै कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा संयोजक विनोद थापामगरले शैक्षिक क्यालेन्डर बनाएर कार्यक्रम गर्दै आएको बताए । सब जुनियर, जुनियर र सिनियर गरी उमेर समूहलाई १५ ईभेन्टमा प्रतियोगिता हुने उनले बताए । सब जुनियरमा ५० मिटर, १ सय मिटर, चम्चा दौड, कुर्ची दौड गरी ४ ईभेन्टमा छात्रछात्राका खेल हुनेछन् । जुनियरतर्फ १ सय मिटर दौड, २ सय मिटर दौड, रिले दौड, टेबलटेनिस गरी ४ ईभेन्टमा छात्रछात्राका खेलहरु हुनेछन् । सिनियरतर्फ २ सय, ४ सय, रिले दौड, सटपुट, हाईजम्प, लङजम्प र टेबलटेनिस गरी ७ ईभेन्टमा छात्रछात्राका खेलहरु हुनेछन् । विद्यालयबाट उत्कृष्टता हासिल गरेका २९ वटा विद्यालयका सब जुनियरतर्फ २ सय ३२, जुनियरतर्फ ३ सय ९२, सिनियरतर्फ ५ सय ४० जना तथा सिनियरतर्फ कक्षा ११ र १२ को रिले छात्रछात्रा ईभेन्टतर्फ ४० गरी १ हजार २ सय ४ जना विद्यार्थीहरुले खेलमा भाग लिने छन् । संघमा आवद्ध रुपन्देहीका ५७ विद्यालयमध्ये यो वर्ष २९ विद्यालयका २३ हजार २ सय बढी विद्यार्र्थीहरुबाट विजेता भएर छनौट खेलाडीहरुले भाग लिनेछन् । सब जुनियर टिम ३ हजार रुपैयाँ, जुनियर टिम ५ र सिनियर टिमलाई ७ हजार रुपैयाँ सहभागी शुल्क राखिएको उनले बताए । दुई दिन चल्ने प्रतियोगितामा ४ लाख खर्च हुने अनुमान आयोजकको छ । आठौमा देवदह ईङलिस बोर्डिङ स्कुल विजयी भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?