© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय दुई घण्टा थप गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिले मंगलबार सूचना जारी गर्दै यसअघि मंगलबार दिउँसो ४ बजेसम्म तोकिएको मनोनयन दर्ताको समय बढाएर साँझ ६ बजेसम्म कायम गरिएको जनाएको छ ।
निर्धारित समयभित्र केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिन इच्छुक महाधिवेशन प्रतिनिधिलाई मनोनयनपत्र दाखिला गर्न निर्वाचन समितिले आग्रह गरेको छ ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आइतबारदेखि काठमाडौंमा जारी छ ।