© 2026
सल्यान ।
सल्यानमा फोर्स गाडी सडकबाट करिब १५० मिटर तल खस्दा ६ जना घाइते भएका छन् । घाइते सबैको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सोमबार दिउँसो करिब १ः२५ बजे कुमाख गाउँपालिका, २ खारखोला स्थित सल्लीबजार चौरजहारी सडक खण्डमा रुकुम पश्चिमको सिम्लीबाट नेपालगञ्ज तर्फ जाँदै गरेको लु.प्र.००१ ज ०८७८ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका, ९ का २१ वर्षीय रुपक डाँगीले चलाएको गाडी अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी दीपक पातलीले जानकारी दिए । गाडीमा चालक सहित सात जना सवार थिए । चालक डाँगीलाई सामान्य चोट लागेको छ ।
घाइते हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, १ की २८ वर्षीया सुनिता बुढा, जाजरकोटको बारेकोट गाउँपालिका, ६ की २० वर्षीया बिमला नेपाली, सोही स्थानकी २० वर्षीया उजेरी सिंह, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका, ८ की ४४ वर्षीया रती बुढाथोकी र जाजरकोटको नलगाड नगरपालिका, १० की २१ वर्षीया मिना सुनार रहेका छन् । अर्का एक घाइतेको नामथर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि रुकुम पश्चिमस्थित मिशन अस्पताल चौरजहारी पठाएको थियो । चालक डाँगी प्रहरी नियन्त्रणमा छन्