Butwal Today

होराइजन जीबीएसमा स्वागत, सम्मान र प्रतिमा प्रदर्शन सम्पन्न

५ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

बुटवल ।

रुपन्देहीको तिलोत्तमामा रहेको होराइजन गौतमबुद्ध सेकेन्डरी स्कुलले कक्षा ११ मा अध्ययनरत नवआगन्तुक विद्यार्थीको स्वागतमा आयोजना गरेको ‘स्वागत समारोह–२०८३’ शैक्षिक उपलब्धिको सम्मान, विद्यार्थी प्रतिभा प्रदर्शन र सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न गरेको छ ।
कार्यक्रममा विद्यार्थीले शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक क्षेत्रमा हासिल गरेका उपलब्धि प्रस्तुत गरेका थिए ।

कक्षा १२ विज्ञान विषय समूहमा अध्ययनरत छात्रा बाणी फुल्लेलको अध्यक्षता रहेको उक्त कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यबस्थापन कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाद अर्यालको मूख्य आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कक्षा १२ को बोर्ड परीक्षामा ३.९६ जीपीए हासिल गर्दै उत्कृष्ट नतिजा ल्याउने कृष्टी जैसवाल र मयंक भुसाललाई गोल्ड मेडल प्रदान गरिएको थियो । एमबीबीएस प्रवेश परीक्षामा १३ औँ स्थान हासिल गर्ने आदर्श सापकोटा र अरुणा घिमिरेलाई सम्मान गरिएको थियो ।
‘आइडियल स्टुडेन्ट अवार्ड–२०८३’ अन्तर्गत कक्षा ११ र १२ का छ जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगद छात्रवृत्ती प्रदान गरिएको कुरा शैक्षिक निर्देशक लक्ष्मणप्रसाद गौतमले बताए ।

त्यस अवसरमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, प्रादेशिक परीक्षा व्यवस्थापन कार्यालय, बुटवलका शाखा अधिकृत कमलप्रसाद अर्यालले विद्यार्थीको सफलताका लागि विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्य महत्त्वपूर्ण हुने बताए । तिलोत्तमा नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत धनीप्रसाद शर्माले शिक्षण संस्थाले विद्यार्थीको क्षमता पहिचान गरी त्यसलाई प्रस्फुटन हुने अवसर दिनुपर्ने धारणा राखेका थिए । विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले शुभकामना मन्तव्य राख्दै विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन, अतिरिक्त क्रियाकलाप लगायत विकासलाई प्राथमिकतामा राख्दै आएको बताए ।

कार्यक्रममा विद्यार्थीले आफ्ना अनुभव र अनुभूति पनि प्रस्तुत गरेका थिए । कार्यक्रमको सांस्कृतिक प्रस्तुति अन्तर्गत ३५ वटा समूहगत तथा एकल प्रस्तुति समावेश गरिएको थियो । मनोज सापकोटा र रुद्र भुसालको संयोजनमा सम्पन्न सांस्कृतिक कार्यक्रममा नेपाली तथा हिन्दी गीतका रिमिक्स, तामाङ सेलो, मारुनी, पटकोके झोरा, गायन र हास्य प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

राष्ट्रिय कलाकार अर्जुन सापकोटाको प्रस्तुतिले कार्यक्रमको माहोल थप उत्साहपूर्ण र आकर्षक बनेको थियो ।
कार्यक्रमकै अवसरमा होराइजन गौतमबुद्ध एलुम्नाई फोरम (एचजीबीएएफ) का २१ जना सदस्यलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । फोरमको अन्तरिम समितिको अध्यक्षमा किरण तिवारी, उपाध्यक्षमा स्विकार गिरी, सचिवमा प्रकाश खनाल, कोषाध्यक्षमा सुस्मिता पराजुली र सहसचिवमा सदीक्षा पौडेल रहेका थिए ।

विद्यालयका उपप्राचार्य इन्द्रप्रसाद भुसालले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । राख्दै नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालनमा रहेको होराइजन गौतमबुद्ध सेकेन्डरी स्कुलमा करिब तीन हजार आठ सय विद्यार्थी र दुई सय ६० शिक्षक तथा कर्मचारी कार्यरत छन् । मूल समारोहका उपसंयोजक तथा विद्यालयका संस्थापक डा. नारायणप्रसाद पन्थले विद्यार्थीहरुमा अन्तरनिहित क्षमतालाई उजागर गर्ने सन्र्धवमा राष्ट्रिय गायक अर्जुन सापकोटालाई आमन्त्रण गरिएको बताए ।
कार्यक्रमको सञ्चालन डा. मुरारि पराजुलीको संयोजनमा सुमित भट्टराई, कृष्टिना सापकोटा,अनमोल राना, प्रयाश कार्कीले गरेको कुरा प्रशासकीय अधिकृत मुकुन्द भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?