© 2026
बुटवल ।
रुपन्देहीको देवदहमा पेस्तोल देखाउने क्रममा गोली चल्दा एक युवा घाइते भएका छन् ।
देवदह नगरपालिका–७ निवासी दीपक खरेलको घरमा गोली चल्दा २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार खरेलले घरमा आएका खत्रीलाई पेस्तोल देखाउने क्रममा गोली चलेको थियो । खरेलले समातेको पेस्तोलबाट गोली लागेर खत्री घाइते भएका हुन् ।
घाइते खत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ ।
घटनापछि प्रहरीले खरेललाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।