© 2026
बुटवल ।
फिट एन्ड फाईन स्पोर्टस क्लबले तिलोत्तमा ३ को आयोजनामा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । मेन्स डवल खुल्ला भेटान्स ४५ पलस सुपरभेटान्स ५५ पलस बिच हुने आयोजक फिट एन्ड फाईनका स्पोर्टस क्लबका अध्यक्ष प्रितम सारू मगरले बताए ।

दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा सुपर भेटान्स तर्फ प्रथम १५ हजार कप मेडल प्रमाणपत्र पाउने छन् । दोस्रो हुनेले १० हजार कप मेडल प्रमाणपत्र पाउने छन् । तेस्रो हुने २ टिमले छ हजार कप मेडल प्रमाणपत्र पाउने छन् ।
४५ पलस भेटान्स तर्फ प्रथम ३० हजार कप मेडल प्रमाणपत्र पाउने छन् भने दोस्रो हुनेले २० हजार कप मेडल प्रमाणपत्र पाउने छन् भने तेस्रो हुने २ टिमले १० हजार पाउने छन् हुने ।
खुल्ला तर्फ प्रथम हुनेले ३५ हजार कप मेडल प्रमाणपत्र पाउने छन् । दोस्रो हुनेले २० हजार कप मेडल प्रमाणपत्र पाउने छन् । तेस्रो हुनेले २ टिमले १० हजार नगद कप मेडल प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सुपर भेटान्स तर्फ २० टिमको सहभागिता रहेको छ भने ४५ पलस भेटान्स तर्फ ६५ टिम खुल्लामा ३५ टिमको सहभागिता रहेको यन रानाले बताए ।
प्रतियोगितामा गुल्मी नवलपरासी पाल्पा रुपन्देही दाङ लगायतको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख मेयर रामकृष्ण खाणले नगर भित्र हुने खेलकुदका गतिविधिले नगरको पहिचान गराउन टेवा पुगेको बताए । तिलोत्तमा नगरपालिकाले नगरभित्र हुने हरेक खेलकुद प्रतियोगिताहरूमा आर्थिक भौतिक सहयोग गदै आएको उनको भनाई छ । सचिव मोहन सिंह लगायतले बोलेका थिए ।