Butwal Today

सङ्घीय निजामती सेवा विधेयक सदनमा पुग्यो

१५ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

काठमाडौँ ।

‘सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सङ्घीय संसद्मा पुगेको छ ।

बिहीबार विधेयक सङ्घीय संसद् सचिवालयमा आइपुगेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामती सेवा विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

यसअघि भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विधेयकमाथि राय–परामर्श लिन लोकसेवा आयोगमा मस्यौदा पठाउने निर्णय गरेको थियो । सोही दिन विधेयक आयोगमा पठाइएको थियो ।

लोकसेवा आयोगले सङ्घीय निजामती सेवा विधेयकमा आफ्नो राय दिएपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक मन्त्रिपरिषद्मा पेस गरेको थियो । मन्त्रिपरिषद्ले विधेयकलाई स्वीकृत गरेपछि संसद्मा पेस गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?