© 2026
बुटवल ।
देउवा समूहले बुटवलमा महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय स्थापना गरेको छ । बुधबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि सम्पर्क कार्यालय स्थापना भएको हो ।
नेपाली कांग्रेस देउवा समूहले १५ औँ महाधिवेशनलाई लक्षित गर्दै बुटवलमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ । बुटवल देवसिद्ध चोकमा रहेको कार्यालयको उदघाटन कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले एक कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रममा बरालसहित जिल्ला संयोजक कांग्रेस नेता गुणाखर भुर्तेल र केन्द्रीय प्रतिनिधि डा. दामोदर भुसालले पार्टीको महाधिवेशन, विशेष महाधिवेशन र पछिल्लो विवादबारे धारणा राखेका थिए ।
जिल्ला संयोजक भुर्तेलले घोषित कार्यतालिका अनुसार अधिवेशनका गतिविधि अघि बढाइने जानकारी दिएका छन् । उनले आगामी मंसिरमा हुने महाधिवेशनमा कांग्रेसका सबै पक्ष एकताबद्ध भएर सहभागी हुन आग्रह समेत गरेका छन् ।
कांग्रेस देउवा समूहले वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २०, प्रदेश तथा प्रतिनिधिसभा क्षेत्र अधिवेशन असोज २३ र जिल्ला अधिवेशन कात्तिक २५ गते गर्नेगरी तालिका सार्वजनिक गरिसकेको छ भने केन्द्रीय महाधिवेशन मंसिर २१ गते हुने बताइएको छ ।