© २०२३
लुम्बिनी पुगेर झट्ट हेर्दा धेरै काम भए जस्तो लाग्छ । विश्वका एक अर्ब भन्दा बढी बौद्ध धर्मालम्वी र त्यत्तिकै संख्याका आध्यात्मिक पर्यटनको गन्तव्यको थलो लुम्बिनीमा पर्यटन भित्र्याउन यति धेरै काम गर्न बाँकी छ कि बताइ साध्य छैन । लुम्बिनी विकास कोष ऐन २०४२ ले लुम्बिनी जनित क्षेत्रहरुको पुरातात्विक क्षेत्रहरुको संरक्षण र विकास गर्न लुम्बिनी विकास कोषलाई जिम्मेवारी दिएको छ । लुम्बिनी गुरुयोजना सम्पन्न भै सक्न लाग्दा, गौतम बुद्ध विमानस्थल संचालनमा आइसक्दा, लुम्बिनी हुँदै भैरहवा र बुटवल सम्मका क्षेत्रमा पर्यटकीय होटलहरु प्रयाप्तरुपमा सञ्चालनमा आउँदा समेत धार्मिक, आध्यात्मिक र अन्य गुणस्तरीय पर्यटकहरु आशा गरे भन्दा निकै कम लुम्बिनी आएका छन् । आएका पर्यटकहरुलाई एक दिन राख्न पनि धौ–धौ परेको छ । यसको गहिरो कारण पहिल्याउनतिर नलाग्ने हो भने हाम्रो धरोहर, हाम्रो आशाको केन्द्र केवल पट्यार लाग्दो पर्खाइमा मात्र सीमित हुने हो कि भन्ने डर छ । हो, लुम्बिनी आउने पर्यटकहरुले हालसम्म अत्यन्तै धुलो र फोहोर, महंगो, हार्दिकता नभएको, प्रवेश र निकासको स्पष्ट रुट नभएको, सरलरुपमा बुद्धलाई चिनाउने डिजिटल प्रविधि र व्यवस्था नभएको, लुम्बिनी आएर के सिक्ने भन्ने स्पष्ट प्रवन्ध नभएको, रोजेको वस्तु खाने र लैजाने प्रवन्ध नभएको, यात्रामा कठिनाइ जस्ता समस्या भोग्ने गरेका छन् । यिनै समस्याहरुका बीचबाट यस लेखमा कारण र उपायको सन्दर्भमा नजिकवाट नियाल्दा लागेका अनुभूतिहरु पस्कने प्रयास गरिएको छ ।
१. संस्थागत संरचना
आधुनिक पर्यटन निकै जटिल र अन्तरसम्वन्धित विषय हो । संघीय सरकारको बुझाइमा लुम्बिनी क्षेत्रमा पर्यटक भित्र्याउने काम समेत लुम्बिनी विकास कोषको हो कि भन्ने ठम्याइ छ । भौतिक विकास, पुरातात्विक उत्खनन् र संरक्षणको काम त कोषले गर्न सक्छ तर पर्यटन भित्र्याउने काम एक छुट्टै विशिष्टिकृत कार्य भएकोले कोषको विद्यमान प्रयासले मात्र संभव छैन । संरचनात्मक परिवर्तन नगरी कोषले विद्युतीय बस सञ्चालन गर्न खोज्दा नसकेर थन्क्याउनु पर्नाको कारण यही हो । यसको लागि कि त हालको कोष संरचनालाई परिवर्तन गरी पूर्वाधार निर्माण तथा संरक्षण एक र पर्यटन प्रवद्र्धन विभाग अर्को गरी भूमिकालाई परिवर्तन गर्नु पर्दछ । पर्यटन प्रवद्र्धन विभागले प्रदेश र स्थानीय सरकारसंग मिलेर बृहत्तर कार्यक्रमहरु संचालन गरिनु पर्छ । यसको विकल्पको रुपमा प्रदेश सरकारको पर्यटन विकास परिषदलाई कार्यकारिणी अधिकार र स्रोत सम्पन्न लुम्बिनी क्षेत्र पर्यटन प्रवद्र्धन बोर्डमा रुपान्तरण गरी लुम्बिनी हेर्ने विभाग छुट्टै स्थापना गर्नु पर्छ ।
२.पर्यटन प्रवद्र्धन
वर्तमान वैश्य युगमा आफुसंग राम्रो वस्तु भएर मात्र हुँदैन । यसलाई पस्किने वा देखाउने कुशलताको समेत आवश्यकता हँुदो रहेछ । यसको लागि देहायका क्रियाकलापहरु गर्न अति आवश्यक देखिन्छन् ।
क. बुद्धलाई चिनाउनुपूर्व आपैmले चिन्नेः सिद्धार्थले जन्मदै सात पाइला हिडेर औला ठडाएर संसारलाई आफु समान लोकमा ज्येष्ठ व्यक्ति कोही नभएको उद्घोष गर्नुभएको थियो । यो युग बुद्ध शासनको युग हो । बुद्ध समान ध्यानी र ज्ञानी व्यक्ति मानव देहमा कोही पनि छैन । बुद्धले दिएका ज्ञान मानवको लागि अति सरल, उच्च र व्यावहारिक छन् । बुद्धले भनेका हरेक कुरा आपैmले प्रयोग गरेका वैज्ञानिक विषय हुन् । बुद्धलाई नचिनेरै पर्यटन प्रवद्र्धन गर्छु भन्नु भ्रम मात्र हो । केही समयअघि लेखकले २० जना शिक्षित व्यक्तिलाई बुद्धले संसारलाई के दिनु भयो ? भनी सोध्दा बुद्धले शान्तिको उपदेश दिनुभयो भन्ने छोटो मात्र उत्तर पाइयो । बुद्धलाई चिन्नु प्रत्येक नेपालीको गौरवको विषय हो । आधारभुत बुद्ध दर्शन जस्तैः चर्तुआर्य सत्य, आर्य अष्टांगिक मार्ग, पञ्चशील, त्रिलक्षण, प्रतित्य समुत्पाद, पारमिता, कर्मको फल, गृहीविनय जस्ता विषय हरेक नेपालीले थाहा पाउनुपर्दछ । कुनै पर्यटकले बुद्धको विषयमा सामान्य कुरा लुम्बिनीका स्थानीयलाई सोध्यो भने के जवाफ पाउला ? यसैले बुद्धभूमीका स्थानीय (रुपन्देही, कपिलवस्तु र नवलपरासी) नागरिकहरुले अझ बढी बुद्धलाई चिन्नु पर्दछ । यसको लागि बुद्ध दर्शनको फराकिलो अध्ययन अध्यापनका साथै स्थानीय पाठ्यक्रममा बुद्ध दर्शनलाई समावेश गरिनु पर्छ । लाखौको संख्यामा आधारभुत बुद्ध दर्शनको पुस्तक र हाते पुस्तिका छपाइ गरी वितरण गरिनु पर्छ । बुद्ध दर्शनका महत्वपूर्ण पुस्तकहरुको अनुवाद र प्रकाशन गरी सर्वसुलभ बनाइनु पर्छ । बुद्ध दर्शनको सार धम्मपदलाई गीता जस्तै महत्वपूर्ण बनाइनु पर्छ । बुद्धको शिक्षामा आधारित भिडियो डकुमेन्ट्री तयार गरी स्थानीय तथा राष्ट्रिय टेलिभिजनबाट प्रशारण गरिनुपर्दछ । सामाजिक संजालमा बुद्धका ज्ञानमुलक सामग्री प्रर्याप्तरुपमा पस्किनु पर्छ ।
ख. बुद्ध प्रतिको सम्मान र गौरब बढाउने क्रियाकलापः विपश्यना ध्यान बुद्धले संसारलाई दिनु भएको अनुपम उपहार हो । यसैगरी चतुआर्य सत्य, प्रतित्य समुत्पाद लगायत चौरासी हजार धर्म स्कन्ध मानव हितका लागि अत्यन्त सरल, बैज्ञानिक र व्यावहारिक छन् । रुप लोक अर्थात बुद्ध शासनको समयमा जन्मन पाउनु र बुद्ध भूमिमा जन्मलिनु हाम्रो लागि अहोभाग्य हो । बुद्धलाई वास्तविक रुपमा चिनेर, बुद्धले सिकाएको विपश्यना ध्यान अभ्यास गरेर, बुद्धको ज्ञानलाई दैनिक जीवनमा रुपान्तरण गरेर, बुद्धप्रति श्रद्धा व्यक्त गरेर हामी बुद्ध जन्मस्थलका नागरिक हुनुको गौरव बढाउन सकिन्छ । बुद्धकालमा बुद्धले धारण गर्नु भएका संस्कार र जीवनशैलीलाई जीवन्त दिएर पनि बुद्ध प्रतिको सम्मान प्रकट गर्न सकिन्छ । रुपन्देहीको सिद्धार्थनगरमा बुद्ध कलरले घर रंगिनु, बुटवल–भैरहवा सडक खण्डमा प्रयाप्त बुद्ध मुर्ती राखिनु, सवारी साधनहरुमा बुद्धका उपदेशसहितका तस्विर राखिनु, बुद्धमय पार्क निर्माण हुनु बुद्ध प्रतिका केही सम्मानका उदाहरण हुन् । यस्ता हजारौ क्रियाकलाप घर, समुदाय र सार्वजनिक स्थलमा गर्न सकिन्छ । कालान्तरमा यो समेत आपैmमा पर्यटनको स्रोत बन्दछ ।
ग. बुद्धमैत्री वातावरण ः लुम्बिनीमा अधिक संख्यामा बौद्ध तीर्थालु र आध्यात्मिक पर्यटक आउने हँुदा यहाँको पथ प्रदर्शक, होटल तथा रेष्टुरेन्टका सेवा प्रवाहक, सवारी चालक, सरकारी सेवकलगायत सञ्चार जगतमा समेत शिल, आचरण र बुद्धत्व भाव खोजेको हुन्छ । पर्यटन सेवा प्रवाहलाई बुद्धमैत्री बनाउन Putting Buddism at work को धारणामा सरोकारवालाहरुलाई छोटा तालिम मार्पmतआधारभूत बुद्धत्वको ज्ञान दिन जरुरी हुन्छ । बुद्धभूमि क्षेत्रका राजनीतिज्ञ, कर्मचारी, शिक्षक, उद्योगपति, व्यापारी, संचारकर्मी, सहकारी, महिला समुह, युवा समूह, विद्यार्थी, श्रमिकहरु माभm छुट्टाछुट्टै रुपमा orientation कार्यक्रम संचालन गरी बुद्धमैत्री वातावरण तय गरिनु पर्छ । बुद्धभूमीका पालिकाहरुमा कुनै टोल वा कुनै समूहमा पञ्चशील लागु गर्ने जस्तै मदिरा निषेधित टोल, चोरी मुक्त टोल, हिंसा निषेधित टोल आदि । लुम्बिनी, तिलौराकोट, देवदह, रामग्राम नगरपालिकाहरुले चर्तुब्रह्मा विहारका एक एक विषय (मैत्री, करुणा, मुदिता र समभावं) लाई कार्ययोजना बनाई स्थानीयकरण गरी लागु गरिनु पर्छ । बुद्ध शिक्षाको अभ्यास समेत आध्यात्मिक पर्यटनको विषय बन्न पुग्छ ।
यसैगरी भैरहवा एयरपोर्टदेखि लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राम, बुटवलदेखि सैनामैनासम्मका सडकहरु, पार्कहरु, होटल रेष्टुरा, पसलहरु, सवारी साधन फुटपाथ सर्वत्र बुद्धबचन, बुद्धका तस्विर भिडियो, बुद्ध वचनका होर्डिङ बोर्डहरु राखेर बुद्धमय वातावरण बनाउनु पर्दछ ।
घ.पर्यटनमैत्री वातावरणः पर्यटन र मनोविज्ञानको गहिरो सम्वन्ध छ । उल्लेखित कार्यको लागि पर्यटन प्रवद्र्धन बोर्डले तीनै तहका सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा मितव्ययी र गुणस्तरीय सेवाको सुनिश्चितता प्रदान गर्नु पर्छ । निजी क्षेत्रले लुम्बिनी र आसपासमा पञ्चशिलको पालना गर्दे मनोरन्जन दिने water park, street walk with local foodland and cultural programme, national shopping Mall संचालन गर्नु पर्छ । मुख्य सम्पदाहरु अत्यन्त सफा र हरियाली प्रवद्र्धन गर्नु पर्दछ ।
ङ.धार्मिक पर्यटनः संसारभरका करोडौ बौद्ध तीर्थालुहरु र आध्यात्मिक व्यक्तिहरु लुम्बिनीमा पाइला टेक्न आतुर छन् । कुटनैतिक नियोगहरु मार्पmत लुम्बिनीको विश्वभर र बौद्ध देशहरुमा बिशेष प्रचार प्रसार गरिनु पर्दछ । सरकारले अन्तर्राष्ट्रियस्तरका ठूला धार्मिक कार्यक्रमहरु लुम्बिनीमा संचालन गर्ने प्रबन्ध गर्नु पर्दछ । गौतमबुद्ध विमानस्थलमा चीन, जापान, श्रीलंका, भुटान, म्यानमार, थाइल्याण्ड र अन्य बौद्धमार्गी देशहरुबाट सीधा उडानको प्रबन्ध गरिनु पर्छ । लुम्बिनीको हलमा कोषले विहारहरुको सहकार्यमा हरेक दिन सन्ध्याकालीन २ घण्टा ध्यान र बुद्धको जीवनी र ज्ञान विषयक विशेष भिडियो प्रस्तुती गरिनु पर्दछ । सुत्रपाठ र पुजा गर्न चाहनेहरुका लागि समेत विशेष व्यवस्था गरिनु पर्छ । यसैगरी विशेष साधकहरुका लागि बिहानको तीन दिने, एक हप्ते वा एक महिने कार्यक्रम संचालन गरिनु पर्दछ । लुम्बिनी स्थित बिहारहरुले ज्ञान र ध्यान सम्बन्धी विशेष प्याकेज संचालन गर्नु पर्दछ । लुम्बिनीको विपश्यना केन्द्रलाई सुविधा सम्पन्न बनाइनु पर्छ । सुविधा सम्पन्न विपश्यना केन्द्रहरु अन्य स्थानहरुमा पनि संचालन गरिनु पर्छ ।
च.साँस्कृतिक पर्यटनः बैशाख पूर्णिमा मात्र होइन बुद्ध परम्परामा सबै पूर्णिमाको उत्तिकै महत्व छ । राजा शुद्धोधनको दरवारमा हरेक पूर्णिमा उत्सव मनाउने चलन थियो । विगतमा प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको अवसरमा सुरु गरेको बाह्रै महिना बुद्धपूर्णिमा मनाउने अभ्यासले सकारात्मक प्रभाव पारेको हुँदा तत् तत्् पालिकाहरुको साझेदारीमा धुमधामका साथ मनाउनु पर्छ । तिलौराकोटमा सिद्धार्थ जन्मेपछिको मायदेवी उत्सव, सिद्धार्थलाई पहिलो पटक समाधी प्राप्त भएको रोपाइ उत्सवलाई निरन्तरता दिनुपर्दछ । हरेक दिन मायादेवी मन्दिरमा सन्ध्याकालीन शान्ती दीप प्रज्वलन एक विशेष कार्यक्रम संचालन गर्नु पर्छ । शान्ती दीप प्रज्वलनको प्रमुख आतिथ्यता देश विदेशका ख्याती प्राप्त व्यक्तिहरुलाई गराउनु पर्छ । यसमा सौर्य उर्जाको व्यवस्था गरी सिगै लुम्बिनी धपक्कै बल्ने गरी प्रकाशमय बनाउनु पर्दछ । यसैगरी मोन्लाम पुजा, विराह नृत्य, कथिन दान लगायतका बुद्धकालीन जात्रा र महोत्सवहरुलाई सभ्य र भव्यरुपमा मनाइनु पर्दछ ।
छ. बुद्धमय शैक्षिक पर्यटनः बुद्ध भूमिका विद्यालयहरुमा देशका विभिन्न भूभागका बालबालिकाहरुलाई बुद्धको ज्ञानका विभिन्न शीर्षकहरुमा निवन्ध लेखन, वक्तृत्वकला, चित्रकला, कविता प्रतियोगिताहरु सञ्चालन गर्नुपर्छ । बालबालिकाहरुमा Little Buddha अभ्यास गराउन सकिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण र विशेषगरी शान्ति र मेलमिलाप सम्वन्धी गोष्ठी, तालिमहरु लुम्बिनीमा संचालन गरिनुपर्दछ । लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बौद्ध शिक्षा र नेपालको बौद्ध अनुसन्धान केन्द्रको रुपमा विकास गरिनु पर्दछ । यस क्षेत्रका सरोकारवालाहरुलाई विश्वविद्यालयले बुद्ध दर्शनका छोटा सेमिनारहरु प्रशस्तै संचालन गर्नु पर्छ । यस्तै शोधार्थीहरुलाई बुद्ध शिक्षाको स्थानीयकरणसँग आवद्ध गर्नु पर्छ । यहाँको केन्द्रीय पुस्तकालयलाई स्रोत सम्पन्न र पहुँचयोग्य बनाइनु पर्छ । लुम्बिनी, देवदह र वाणगंगा नगरपालिकाहरुले बुद्ध शिक्षालाई आप्mनो स्थानीय पाठ्यक्रममा समावेश गरेकोमा अन्य वरिपरिका पालिकाहरुले पनि समावेश गर्नुपर्दछ । बौद्ध दर्शनको खोज र अध्ययन गर्ने तथा यस क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई विभिन्न विधामा पुरस्कार र सम्मानको व्यवस्था गरिनु पर्छ ।
ज.बुद्धमय उद्योग प्रवद्र्धनः हालसम्म लुम्बिनीमा कुनै पनि स्थानीय उत्पादनले व्यावसायिक बजार पाएको छैन । मायादेवी मन्दिर प्रवेश गर्दा स्थानीयले तयार पारेका खराउ लगाउने, चीवर पहिरेर प्रवेश गर्ने व्यवस्था गर्न सकिन्छ । लुम्बिनीको माटो, काठ, पराल, थाकलबाट उत्पादन भएका तथा यहाको अनाज, दुध र पानीले बनेका उत्पादनहरुले तीर्थालुहरुलाई कोशेली लैजान महत्व राख्छ । मायादेवी पोखरीको पानी मिसाएर लुम्बिनीको चिनो उत्पादन गर्न सकिन्छ । बुद्धभूमीका चारै क्षेत्रमा पर्यटकले खाने, प्रयोग गर्ने र लैजाने वस्तु बुद्धमय हुनेगरी उत्पादन र प्रवद्र्धन गरिनु पर्दछ ।
झ.बुद्धमय जीवनशैलीः मानिसहरुको बोली व्यवहार, उठाइबसाई, खानपिन, रहनसहन, दृष्टिकोण, आतिथ्यता, इमान्दारीता दिगो पर्यटनका गहना हुन् । पर्यटकहरुले यस्ता विषय तुरुन्तै थाहा पाउँछन् । म्यानमारका नेपाली युवापुस्ताको बोली व्यवहार र आतिथ्यता अत्यन्तै लोभलाग्दो छ । त्यहाँका बौद्ध विहारहरुले यो कुरा सिकाउने रहेछन् । यस्ता विषयले पर्यटकलाई बसाई लम्वाउन सहयोग पुग्छ । यी विषय सिकाएर सिक्ने साथै कार्यान्वयनमा कडाइ गरेर कायम राखिरहने विषय हुन् । यसमा सरकारी र निजी क्षेत्रको संयुक्त पहल आवश्यक हुन्छ ।
ञ. पर्यटकीय केन्द्र/उपकेन्द र पहुँचः लुम्बिनीलाई केन्द्रमा राखेर अन्य सम्पदा जस्तै हलेसी, काठमाडौ, नमोबुद्ध, मुक्तिनाथ, डोल्पो, काँक्रेबिहार लगायतका बौद्ध सम्पदा र पोखरा, चितवन, स्वर्गद्वारी, रारा, नेपालगञ्ज र ठाकुरद्वारा जस्ता अन्य पर्यटकीय क्षेत्रमा लामो दुरीका भ्रमण प्याकेजहरु पर्यटन व्यवसायीहरुको सहकार्यमा तय गर्न सकिन्छ । यस्तै लुम्बिनी आसपासका क्षेत्रहरु जस्तै भैरहवा, बुटवल, रामग्राम, देवदह, सैनामैना, गैडहवा ताल, सुनवलको बुद्ध मंगल ताल, गजेडी ताल, जगदिशपुर ताल, तिलौराकोट, मर्चवारी माई, त्रिवेणी, अनोमाघाट, तानसेन र सुपा देउराली सम्मका क्षेत्रहरुको छोटो दुरीका भ्रमण प्याकेजहरु तय गर्न सकिन्छ । यी स्थानहरुमा रैथाने परिकारका साथ घरबास पर्यटन (Home stay) मार्पmत स्थानीय रोजगारी र आम्दानी बढाउन सकिन्छ । लुम्बिनी विकास कोषसंग भएका विद्युतीय बसहरुलाई निजी क्षेत्रलाई न्युनतम शुल्कमा संचालन गर्ने गरी न्युनतम भाडामा संचालन गर्न दिनु पर्छ । लुम्बिनी–रामग्राम–अनोमाघाट–बुद्धमंगल ताल–देवदह–बुटवल–सैनामैना–तिलौराकोट–लुम्बिनी सर्किटको चक्रपथमा यी विद्युतीय बसहरुलाई संचालन गरिनु पर्छ । लुम्बिनी परिसरमा न्युनतम शुल्कका इलेक्ट्रोनिक सफा रिक्सा संचालन गर्नु पर्छ ।
ट.अध्ययन अनुसन्धानः बुद्धले भिक्षुहरुलाई लुम्बिनी, बोधगया, सारनाथ र कुशिनगरको भ्रमण गर्न भन्नु भएको छ । त्यस मध्ये आफु जन्मिएको लुम्बिनी अझ महत्वपूर्ण छ भन्नु भएको छ । यस बुद्ध वचनलाई अवसरको रुपमा कसरी पर्यटनसंग र आयआर्जनसंग जोड्न सकिन्छ भन्ने विषयमा अनुसन्धान हुनु पर्छ । यसैगरी अन्य दुई बुद्ध कनकमुनी र क्रकुच्छन्द बुद्धको जीवनी र जन्मस्थललाई कसरी प्रवद्र्धन गर्ने साथै पुरातात्विक क्षेत्रहरुको कसरी उत्खनन्, संरक्षण र प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा प्रयाप्त अध्ययन अनुसन्धान गरिनु पर्छ ।
३. गुरुयोजना निर्माण र कार्यान्वयन
बृहत्तर लुम्बिनी विकास गुरुयोजनाको विषय मुर्तरुपमा वा चर्कोरुपमा अगाडि आएको छैन । गुरुयोजना निर्माण गर्नु विकासको पहिलो शर्त हो । पछिल्ला दिनहरुमा नेपालमा योजना बनाउनु र गुरुयोजना बनाउनु उस्तै उस्तै देखिएको छ । विषयगत विज्ञता र गहन विश्लेषणबिना बनाइएका गुरुयोजनाले राज्यलाई र भावी पुस्तालाई नै कमजोर बनाउँछ । तिलौराकोटको गुरुयोजना बनाउनै बाँकी छ । सिद्धार्थले २९ वर्ष बिताएको क्षेत्र लुम्बिनी हाराहारीकै हैसियतमा विश्व सम्पदासूचीमा समावेश गरी छरितो रुपमा उत्खन, विकास र संरक्षण गरिनुपर्दछ । यसो गर्दा तत्कालिन शुद्धोधन निर्मित संरचनाहरु र संस्कृतिको झल्को दिन सक्नु पर्दछ । जस्तैः त्यसताका शुद्धोधन दरवारमा शहर हेर्ने धरहरा पनि निर्मित रहेछ । हरेक पूर्णिमालाई उत्सवको रुपमा मनाउने विशाल दरवार स्क्वायर (खुल्ला क्षेत्र) रहेछ । बुद्ध दर्शनमा पूर्ण चन्द्र अर्थात पूर्णिमाको ठूलो महत्व छ । राजा शुद्धोधनले हरेक पूर्णिमा उत्सव मनाउने चलन चलाएका रहेछन् । यस्ता तत्कालिन संस्कृतिलाई जीवन्त दिने संरचना निर्माण गर्नु पर्छ । अबको तिलौराकोट गुरुयोजनाले अत्याधुनिकता र विशाल पर्यटकलाई समेट्न सक्ने हुनु पर्छ । यस भद्रकल्पका पाँच मध्येका दुई अन्य बुद्धको गरिमालाई विशिष्टीकृत अस्तित्व सहित क्रकुच्छन्द बुद्धको गोटीहवा र कनकमुनी बुद्धकोनिग्लीहवासहित अरौराकोटको विशिष्ट पहिचान दिन सक्नु पर्छ । कुदानमा भिक्षुहरुसहित बुद्ध आउँदा भएका घटनाहरु, पारिवारिक मिलन, दिएका उपदेशहरुलाई व्यवस्थित गरी ध्यान र ज्ञानको पुञ्ज बनाइनु पर्छ । हजारौ शाक्यहरुको नरसंहार भएको सगरहवालाई दोस्रो विश्वयुद्ध पछिको जापानले जस्तै यस पुस्ताले शोकलाई शक्तिमा बदल्ने र शान्तिको मुल्य कति महत्वपूर्ण छ भन्ने पाठ सिक्ने शैलीमा गुरुयोजना तयार गरिनुपर्दछ ।
बुद्धलाई गर्भमा धारण गर्न सक्ने तेजस्विता भएकी मायादेवी, आमाको जस्तै प्रेम दिन सक्ने प्रजापति गौतमी र पति प्रतिको विश्वास, धैर्यता, पवित्रता र तपस्याकी जननी यशोधरा यस्ता त्रिशक्तिहरुको पुञ्जभुमी हो देवदह । देवदहलाई नारी शक्तिको महिमा बढाउने गरी गुरुयोजना तयार गरिनुपर्दछ । भवानीपुरको Little Buddha Temple मा सुन्दर धातुको मायादेवी सहितको बालक बुद्धको प्रतिमा राखी मिनी विपश्यना,पुस्तकालय र संग्रहालय संचालन गरिनु पर्छ । देवदहका पुरातात्विक क्षेत्रहरुको उत्खनन् कार्य जतिसक्यो छिटो गर्नुपर्दछ ।
रामग्रामको महत्वलाई अलिकति जनाएर यसको गुरुयोजनाको कुरा गर्न उपयुक्त हुन्छ । बुद्धलाई ज्ञानप्राप्त भएपछि सातु र मह दान गर्ने तपस्सु र भल्लुकलाई बुद्धले दिएको एक मुठी कपाल लैजाँदै गर्दा रात बिताएको स्थानमा समेत बर्मामा स्वर्णमय मन्दिर बनाइएको छ । अब कपाल राखिएको मन्दिर कति भव्य होला अनुमान लगाउन सकिन्छ । बुद्धको अस्तु धातुको आठभागको एक भाग रामग्राम बाहेक अन्यत्र कहींपनि विश्वमा छैन । अस्तु धातुलाई जीवन्त मानिएको छ । यस स्थानमा उच्च तहका साधकहरुले समेत बुद्धको मार्गदर्शन प्राप्त गर्दछन् भने ध्यानको लागि साधकहरुको मक्का मदिना जस्तै ठूलो सम्पदा स्थल हो । यसको गुरुयोजना बनाउँदा लुम्बिनीको जत्तिकै ओजपूर्ण तरिकाले निकै दुरगामी दृष्टिकोण राखेर बनाइनु पर्दछ । स्तुपाको आवरणलाई सुन्दर बनाई एक पटकमा एकलाख व्यक्तिले खुल्ला ध्यान गर्न मिल्ने सुविधा सम्पन्न संरचना बनाइनु पर्दछ । अन्य संरचना पनि त्यतिकै ओजपूर्ण तरिकाले निर्माण गर्न विशाल क्षेत्रफलको जग्गा व्यवस्थापन गर्नुपर्छ ।
यसैगरी नारायणी तटमा अवस्थित अनोमाघाट, पण्डितपुर, कुमारवर्ती, सैनामैना लगायतका क्षेत्रहरुको समेत सुझबुझपूर्ण ढंगले गुरुयोजना बनाइनुपर्दछ । हिन्दु र बौद्धका समान आस्था भएका देवदहको लोकेश्वर, सैनामैनाको पद्यमपाणी, वाणगंगाको कपिलधाम, तिलोत्तमा बनवाटिकाको बुद्धविहार, सुनवलको बाबा बर्दगोरिया, बर्दघाटको बुद्धमंगल ताल, गैडहवाको यशोधरा मन्दिर जस्ता क्षेत्रहरुलाई पनि लुम्बिनी संग जोडेर संरक्षण र प्रवद्र्धन गरिनुपर्छ ।
४.पूर्वाधार निर्माण
पर्यटन प्रवद्र्धनको मुटु भनेकै आधुनिक पूर्वाधार निर्माण हो । यसको लागि तीनै तहको सरकारको समन्वयात्मक प्रयास जरुरी हुन्छ । लुम्बिनीमा स्थान दिन नसकिने मित्र राष्ट्रका विहारहरुलाई नुवाकोट, वसन्तपुर, श्रीनगर र बल्डेङ्गढीमा निर्माण गर्न स्थान दिनु पर्छ । यसबाट पर्यटकहरुलाई हिमाल देखाउन, गर्मी छल्न र विविधिकरणमा टेवा पुग्छ । तिलौराकोट देखि लुम्बिनी, रामग्राम हुँदै अनोमाघाट सम्म मोनोरेल संचालन गरिनु पर्दछ । यसबाट पर्यटकहरुलाई अत्यन्तै सुविधा र सन्तुष्टि मिल्नुका साथै प्रचुर मात्रामा आयआर्जन र रोजगारी प्राप्ति हुन्छ । भैरहवा–तिलौराकोट सडकस्तरोन्नती र पुल निर्माण छिटो सम्पन्न गरिनु पर्दछ । लुम्बिनी तिलौराकोट मायादेवी प्रसुति पथलाई बग्गी रथ संचालन गर्ने गरी विकास गर्नु पर्छ । बुटवल हिलपार्कमा निर्माण गर्न लागिएको विहार सहितको विशाल बुद्ध मूर्तिलाई समेत बृहत्तर लुम्बिनी गुरुयोजनसंग आवद्ध गर्नु पर्छ । लुम्बिनी वरिपरि पाँच किलोमिटर क्षेत्रलाई कोलाहल मुक्त क्षेत्र घोषणा गरिनु पर्छ । लुम्बिनी आउने सवारी साधन दुइ किलोमिटर टाढै पार्किङ गरी हिड्ने व्यवस्था गरिनु पर्छ । निजी क्षेत्रले लुम्बिनी, रामग्राम र तिलौराकोट आसपासमा सुन्दर आध्यात्मिक ग्राम निर्माण गर्नु पर्छ । गौतमवुद्ध विमानस्थलको संचालन र लुम्बिनीमा निर्मित सुविधा सम्पन्न हलका अतिरिक्त निजी क्षेत्रबाट निर्माण भएका सुविधा सम्पन्न होटलहरुले गर्दा पर्यटनमा धेरै आशा पलाएको छ ।
५. क्षमता विकासः यी माथिका कार्यहरु सम्पन्न गर्न दक्ष जनशक्ति, पर्याप्त वित्तिय तथा भौतिक स्रोत, सूचना स्रोत, कानून र कार्यविधि आवश्यक पर्दछ । यी विषयमा लुम्बिनी विकास कोष र प्रदेश सरकारले यसको नेतृत्व लिनु पर्छ । लुम्बिनी बौद्ध विश्व विद्यालय र निजी क्षेत्रले विभिन्न विधामा दक्ष जनशक्ति उत्पादन गर्नु पर्छ । यी निकायहरुमा पनि पर्याप्त स्रोत र कुशल नेतृत्वको प्रवन्ध गरिनु पर्छ । लुम्बिनी, देवदह, रामग्राम र तिलौराकोट नगरपालिकारुले कोष र प्रदेश सरकार संग साझेदारीमा काम गर्न पर्यटन प्रवद्र्धन महाशाखा नै स्थापना गर्नु पर्छ । बुद्धभूमीका अन्य पालिकाहरुले पनि पर्यटन विकास र प्रवद्र्धनको छुट्टै शाखा बनाउनुपर्छ । निजी क्षेत्रका उद्योग, वाणिज्य, होटल र ट्राभल एजेन्सीका संघ÷संगठनहरुको सशक्त भूमिका रहन्छ । यसैगरी संचार क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । यी निकायहरुले आप्mनो प्रतिष्पर्धात्मक क्षमता समेत बृद्धि गर्नुपर्छ ।
६. निश्कर्षः मानव जन्म दुर्लभ त छदै छ, बुद्धको जन्म अत्यन्तै दुर्लभ छ । बुद्धको ज्ञान र शान्तिको सन्देश अहिलेको विश्वलाई अझ बढी आवश्यक छ । बुद्ध जन्मभूमिका नागरिक हुनुका नाताले बुद्धको ज्ञानलाई अनुशरण गरी दुःखको भवसागरबाट सुख प्राप्तिको मार्गमा लाग्न तथा यस बुद्ध जन्मभूमिको संरक्षण, विकास र प्रवद्र्धन गरी विश्वले यसको लाभ लिने वातावरण तय गर्न र यस अवसरलाई पर्यटन प्रवद्र्धनमा समेत आवद्ध गरी लाभ लिन सम्पूर्ण सरोकारवाला निकाय र जिम्मेवार नागरिकले आ–आप्mनो क्षेत्रमा महत्वपूर्ण योगदान गर्न आवश्यक छ । (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालयका स्नातकोत्तर उपाधिका विद्यार्थी हुन्)
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी