ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

बुटवलमा लनटेनिसको महाकुम्भ हुँदै

२५ माघ २०७९, बुधबार
२५ माघ २०७९, बुधबार

बुटवल, २५ माघ ।

पाँचौ संस्करणको राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता रुपन्देहीमा फागुनमा हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन ६ देखि १० गतेसम्म देविनगर लन टेनिस कम्प्लेक्समा हुने प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को सम्पूर्ण तयारी पुरा भएको
बुधबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए ।

‘लन टेनिस खेलको कुम्भमेलाका रुपमा देशभरका खेलाडीहरुबीच राष्ट्रिय प्रतियोगिता गर्दै आएको छौ’– उनले भने । रुपन्देहीमा लन टेनिस खेल र खेलाडीहरुको क्षमता विकास, नियमित अभ्यास र खेल पूर्वाधार विकासमा रुपन्देही लन टेनिस संघ निरन्तर लागेको उनले दाबी गरे । वि.सं २०६८ सालदेखि रुपन्देहीमा खेलाडीहरुलाई संगठित गर्दै छोटो समयमा केन्द्रमा आवद्धता भएर वार्षिक कार्ययोजना बनाई जिल्लामा उमेर समूहका खेलाडी उत्पादन, खेलकुद गतिविधि, पुर्वाधार विकास र विभिन्न तालिमहरुमा जोड दिदै आएको उनले बताए । हाल देविनगरमा ४ वटा ब्यवस्थित कोर्ट रहेको उनले बताए ।

पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा देशभरका १ सय बढी खेलाडीहरु विभिन्न उमेर समूहमा भाग लिने खेल संयोजक तथा निवर्तमान अध्यक्ष संजयप्रकाश श्रेष्ठले बताए । पुरुष एकल खुला, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि, ६५ माथि, महिला एकल खुला, पुरुष युगल खुल्ला, महिला युगल खुला, पुरुष भेटान्स ३५ माथि युगल, पुरुष भेट्रान्स ४५ माथि, पुरुष भेट्रान्स ५५ माथि र ६५ माथि गरी कुल १२ इभेन्टमा संचालन हुने उनले बताए ।

प्रतियोगिताको पुरुष÷महिला सिगल तर्फ उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा तृतीय दुई जना खेलाडीलाई जनही २० हजार रुपैयाँ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । सिगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार रुपैयाँ, ४५ वर्षमाथिका विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रबाट तथा ५५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता र तृतीयलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरी ६५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता तथा तृतीय खेलाडीलाई क्रमशः १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरी डबल्सतर्फ पुरुष डबल्स÷महिला डबल्सको उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरी भेट्रान्स डबल्सतर्फ ३५÷४५÷५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । १२ विधामा खेलाइने प्रतियोगिताको पुरस्कारमा ५ लाख २२ हजार ५ सय रुपैयाँ तथा कुल १८ लाख ७२ हजार ५ सय रुपैया खर्च हुने अनुमान छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेलले खेलकुद मानव स्वस्थ्यका लागि महत्वपूर्ण भएको भन्दै खेलमा आवद्धता हुनुपर्ने बताए ।

प्रचार संयोजक तथा संघका सचिव सबर मियाले नेपालमात्र नभई भारत, भुटानबाट समेत खेलाडीहरु आउने बताए । खेल प्रतियोगितामा सयौ खेलाडीहरु भित्रिने हुँदा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनले बताए । विश्वमा सर्वाधिक चर्चामा रहेको खेल र खेलाडीको परिचय ंबनाएको लन टेनिस खेल काठमाण्डौ र पोखरा केन्द्रित खेल एक दशकमा रुपन्देहीमा समेत लन टेनिसको खेल र खेलाडी विकास भैरहेको उनले बताए । नेपाल टेनिस संघ केन्द्रको सहयोगमा अफिसियल र प्राविधिकबाट खेल खेलाईने उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?