© 2026
अर्घाखाँची ।
अविरल वर्षाका कारण पहिरो गएपछि सालझन्डी, सन्धिखर्क ढोरपाटन सडक खण्ड अबरुद्ध भएको छ ।
सालझन्डी, सन्धिखर्क ढोरपाटन सडक खण्ड अन्तर्गत मालारानी गाउँपालिका–५ को भण्डार–छरछरे क्षेत्रमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको मालारानी ५ का वडा अध्यक्ष तिलक मिश्रले बताए ।
लगातारको वर्षासँगै सडकमा पहिरो खसेपछि यातायात आवागमन ठप्प भएको हो । सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारीसाधनलाई समस्या भएको छ ।
तत्कालका लागि यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । वर्षा अझै जारी रहेकाले सडक आसपास थप पहिरोको जोखिम हुन सक्ने भन्दै यात्राका क्रममा आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरिएको छ ।