ट्रेंडिंग:

>> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार
तेस्रो डिष्ट्रिक लेभल रोटरी ब्याडमिन्टन २०२२–२३ प्रतियोगिता

गिरी र थापाको जोडीलाई उपाधि

२२ माघ २०७९, आईतवार
२२ माघ २०७९, आईतवार

बुटवल, २२ माघ ।

तेस्रो डिष्ट्रिक लेभल रोटरी ब्याडमिन्टन २०२२–२३ प्रतियोगिताको उपाधि खुलातर्फ रोटरी क्लब अफ धादिङका रामचन्द्र गिरी र राम मल्ल थापाको जोडीले उपाधि जितेका छन् । शनिबार भएको फाईनल खेलमा रोटरी क्लब अफ बुटवलका वसन्त थापा घर्ती र लिलबहादुर थापाको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् ।

उपाधि विजेता जोडीले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन् भने उपविजेता घर्ती र थापाको जोडी नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएका छन । यसैगरी रोटरी क्लब अफ बुटवल डाउनटाउनका नारायण तिवारी र दिलिप गौचन तथा रोटरी क्लब अफ बुटवलका लालमणि पन्थी र अशोक प्रधानको जोडी तेस्रो हुदै नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।

यसैगरी भेट्रान्सतर्फ रोटरी क्लब अफ बुटवलका वसन्त थापा घर्ती र रोहित पुरीको जोडीले उपाधि जितेका छन् । फाईनलमा रोटरी क्लब अफ सेन्टर बुटवलका सुदिप खनाल र धर्मा थापाको जोडीलाई २–१ को सेटमा पराजित गर्दै घर्ती र पुरीको जोडीले उपाधि चुमेको हो । उपाधिसंगै विजेता जोडी नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।

उपविजेता खनाल र थापाको जोडीले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएका छन् । प्रतियोगितामा रोटरी क्लब अफ बुटवल डाउनटाउनका भरत राना र दीप आचार्यको जोडी तथा रोटरी क्लब अफ बुटवलका बोनिन पिया र जीवकान्त काफलेको जोडी तेस्रो हँुदै नगद ६ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।

रोटरी क्लब अफ बुटवल र रोटरी क्लब अफ बुटवल डाउनटाउनको संयुक्त आयोजनामा तिलोत्तमा ब्याडमिन्टन क्लबमा भएको प्रतियोगिताका बिजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले पुरस्कार वितरण गर्दै खेल र खेलाडीको विकासमा स्थानीय पालिका सधै लाग्ने बताए ।

रोटरी क्लब अफ बुटवल अध्यक्ष बोनिन पियाले रोटरी ईन्टरनेशनल ३२९२ नेपाल भुटान अन्तर्गतका क्लबका सदस्य बीचमा खेल प्रतियोगितामार्फत भातृत्व विकास गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बताए । रोटरी ईन्टरनेशनल ३२९२ नेपाल भुटान अन्तर्गतका क्लबहरुका सदस्यहरु प्रतियोगितामा सहभागिता हुन पाउने उनले बताए । क्लब आफना सदस्यहरु बीचमा खेलमार्फत भाईचारा विकास गर्ने रुपमा प्रतियोगितालाई लिएको उनले बताए । विश्वमा नै ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने मूल नारा आत्मसात गर्दै रोटरी क्लबले शिक्षा, स्वस्थ्य, खानेपानी, सरसफाई, मातृशिशु र वातावरण जस्ता मानव जीवनका आधारभुत क्षेत्रमा सामाजिक र मानवीय कार्यमार्फत अभियान चलाउँदै आएको रोटरी क्लब अफ डाउनटाउनका अध्यक्ष भरत रानाले बताए। कार्यक्रमका संयोजक टिकाराम पन्थी र रोहित पुरी तेस्रो संस्करणमा आयोजना गरिएको कार्यक्रम भब्य रुपमा सफल भएको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?