ट्रेंडिंग:

>> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने

लुम्बिनीदेखि सुरु भएको साइकल यात्रा रामग्राम स्तुप पुग्यो

२१ माघ २०७९, शनिबार
२१ माघ २०७९, शनिबार

पश्चिम नवलपरासी, २१ माघ ।

शान्ति सन्देश फैलाउने उद्देश्य सहित वुद्ध जन्मस्थल लुम्बिनीबाट सुरु भएको साईकल यात्रीको टोली शनिबार पश्चिम नवलपरासीको रामग्राम स्तुप आईपुगेको छ । बौद्ध परिपथ साइकल यात्रा संयोजन समितिको आयोजनामा वुद्धको शान्ति सन्देश फैलाउने र वुद्ध स्थल प्रचारप्रसारमा सहयोग पुर्याउन तीन दिने साईकल यात्रा आयोजना गरिएको हो ।

लुम्बिनीबाट यात्रा थालेको टोली रुपन्देहीको वुद्धस्थल देवदह हँुदै वुद्धको एक मात्र सिंगो अस्तु रहेको स्थल नवलपरासीको रामग्राम आएको हो । रामग्राम स्तुपमा साईकल यात्रीको टोलीलाई स्वागत गर्दे रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले रामग्राम स्तुप लगायत वुद्ध संग सम्बन्धित स्थलको एकीकृत विकास हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउन आफुले पहल गरिरहेको बताउदै गुरुयोजनाको कार्यान्वयन हुन सके यस क्षेत्रको कायापलट हुन सक्ने दाबी गरे । संघीय सरकार संग केही दिन अगाडि काठमाण्डौ पुगेर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संग गुरुयोजना कार्यान्वयनका लागि ध्यानाार्कषण गराएको र उक्त गुरुयोजना कार्यान्वयनको प्रतिवद्धता प्राप्त भएको पनि नगर प्रमुख यादवले बताए ।

उपप्रमुख सम्झना चौधरीले एतेहासिक महत्वको धार्मिक तथा पर्यटकीय स्थल रामग्राम स्तुपको विकासका लागि तीनै तहका सरकार एकजुट हुनुपर्नेमा जोड दिईन् । साइकल अभियानकर्मी, बौद्धमार्गी एवं भारतको अनाहदी यात्राका गरी ७० जनाको टोलीले शान्ति सन्देश सहितको यात्रा सुरु गरेको यात्रा संयोजक उषा तितिक्षुले जानकारी दिईन् ।

सो कार्यक्रममा पत्रकार बेचु गौड, नगरपालिकाका लेखापाल संजय शर्मा लगायतले बोल्दै रामग्राम स्तुपको विकास र संरक्षणमा सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए । परासी वुद्ध चोकबाट साईकल यात्रीको टोलीलाई स्वागत गरेर नगर प्रमुख र उपप्रमुख पनि साईकलमै रामग्राम स्तुप सम्म पुगेका थिए । रामग्राम स्तुपमा दश मिनेट ध्यान गरेर साईकल यात्रीको टोली महेसपुर नाका हुँदै भारत प्रस्थान गरेको छ । आइतबार कुशिनगरमा पुगेर यात्रा समापन हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission