© 2026
चन्द्रौटा। भोटेकोशीको भेलले रसुवामा पीडा छाडेको छ । कतै घर उजाडिएका छन्, कतै परिवारले आफन्त गुमाएका छन् । विपद्को यही पीडामा कपिलवस्तुबाट पनि सहयोगको हात अघि बढेको छ । विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनाका लागि चेम्बर अफ कमर्स कपिलवस्तुले ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
बाढीले घरबार गुमाएका, आफन्त गुमाएका र संकटमा परेका नागरिकका लागि राहत जुटिरहेका बेला चेम्बरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो । चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व रहेको बताए । सानो भए पनि हाम्रो सहयोगले पीडितको घाउमा मल्हम लगाउन सहयोग पुग्ने विश्वास रहेको उनको भनाइ छ ।
उनका अनुसार बाढीमा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यस्तो विपदको बखत उद्योगी, व्यापारी, आमनागरिक सबै एकजुट आग्रह गरेको छ ।