© २०२३
सल्यान, २० माघ ।
सल्यानको त्रीवेणी गाउँपालिकाले वडास्तरमा संचानल गरेको पशु स्वास्थ्य शिविरमा १२२ जना किसानले लाभ प्राप्त गरेका छन् । शुक्रबार वडा नम्बर २ को गैरागिठिमा आयोजना गरिएको शिविरमा पशुको उपचार, बन्ध्याकरण, औषधि वितरण संगै रेविज विरुद्धको खोप लगाइएको पशुपन्छी विकास शाखाले जनाएको छ ।
निःशुल्क पशु स्वास्थ्य शिविरमा एक हजार १९० बाख्रा, ९८१ कुखुरा, ११४ गाइगोरु र सातवटा भैंसीलाइ औषधि वितरण गरिएको गाउँपालिकाका पशु विकास शाखा प्रमुख वसन्त रावतले जानकारी दिए । उनका अनुसार १० वटा बोकाको बन्ध्याकरण गरिएको थियो भने नौ वटा कुकुरलाइ रेविज विरुद्धको खोप लगाइएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता खड्का पुनले शिविरबाट पशुपालक किसानले आफ्नै गाउँठाउँमा सेवा पाएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाइ निरन्तरता दिने बताइन । यस्तै वडा नम्बर २ का वडाध्यक्ष हस्त बहादुर रामजाले व्यवसायिक रुपमा पशुपालनमा लाग्नुपर्नेमा जोड दिए । पशु सेवा शाखाभन्दा टाढाका वस्तिमा गाउंपालिकाले यस प्रकारका कार्यक्रम संचालन गर्दै आएको छ । गाउँपालिकाले वडा नम्बर ५ मा पनि पशु स्वास्थ्य शिविर संचालनको तयारी गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी