Butwal Today

सुरक्षा निकायका प्रमुखहरूसँग ‘ब्रिफिङ’ लिँदै  प्रधानमन्त्री शाह

१५ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको सङ्कट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरुसँग क्रमशः छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत वितरण तथा व्यवस्थापनका मामिलामा ‘ब्रिफिङ’ लिनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन ।

अहिले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिँदै छन् । यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ‘ब्रिफिङ’ लिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?